आधिकारिक प्रतिनिधि सम्वन्धी व्यवस्था कार्यान्वयनमा ल्याउन राष्ट्र बैकको निर्देशन

काठमाडौ । शाखारहित बैंकिङ सेवा तथा आधिकारिक प्रतिनिधिसम्वन्धी व्यवस्था कार्यान्वयनमा ल्याउन नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैकले परिपत्र जारी गर्दे यो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।यस अन्तर्गत बैंक तथा बित्तीय संस्था स्वयम् वा संस्थाद्धारा नियुक्त व्यवसायिक आधिकारिक प्रतिनिधि (एजेन्ट) मार्फत समेत शाखारहित बैंकिङ सेवा सञ्चालन गर्न सक्नेछन भने सञ्चालन गरिएको शाखारहित सेवाको जानकारी राष्ट्र बैंकको भुक्तानी प्रणाली बिभागलाई दिनुुपर्ने छ ।
बैंक तथा बित्तीय संस्थाहरुले आफनो संस्थामा खाता भएका ग्राहकहरुलाई संस्था स्वयम् वा संस्थाद्धारा नियुक्त व्यवसायिक आधिकारिक प्रतिनिधिको सहायताले प्वाईन्ट अफ ट्रान्जिक्सन मेसिनको माध्यमबाट कार्ड प्रयोग गरी महानगरपालिका, उपमहानगरपालिका बाहेकका क्षेत्रमा शाखारहित बैंकिङ सेवा सञ्चालन गर्न सक्नेछन ।
यस्तो सेवा अन्र्तगत खातामा रकम जम्मा गर्ने, भुक्तानी प्रदान गर्ने, रकमान्तर गर्ने, ग्राहकको खाताको मौज्दात वा कारोवार बिवरण (स्टेटमेन्ट प्रदान गर्ने र स्वीकृत कर्जा रकमको मुक्तानी दिने तथा किस्ता रकम जम्मा गर्ने लगायतका कामहरु गर्न सक्ने परिपत्रमा उल्लेख छ ।शाखारहित बैंकिङ सेवा सञ्चालन गर्न सञ्चालक समितिबाट सो सम्वन्धी नीतिगत व्यवस्था पारित गर्नुपर्ने र सो सम्वन्धी प्रक्रियागत व्यवस्था संस्थाले गरेको हुुनुपर्ने छ ।

शाखारहित बैंकिङ सेवा सुरु गरेको जानकारी राष्ट्र बैंकको भुक्तानी प्रणाली बिभागलाई दिँंदा त्यस्तो जानकारीमा प्राविधिक पुर्वाधार सम्वन्धी बिवरण, प्रतिनिधिमार्फत सञ्चालन गर्ने भएमा त्यस्तो प्रतिनिधि छनौटका आधारहरु, छनौंट गरिएका प्रतिनिधिसंँग हुुने सम्झौतापत्र तथा उक्त प्रतिनिधिलाई दिने तालिम तथा अन्य व्यवस्था परिपत्रमा उल्लेख छ ।
यस्तै शाखारहित बैंकिङ सेवा सञ्चालन गर्ने स्थानको सुरक्षा र नगदको बीमा सम्वन्धमा भएका व्यवस्था, बिद्यमान सञ्चालक साधानको व्यवस्था, शाखारहित बैंकिङ सेवा सञ्चालनको कार्यक्षेत्र र शाखाको बिवरण, भुक्तानी सम्वन्धी उत्पन्न बिवाद समाधान गर्ने सम्वन्धी प्रावधान, जिम्मेवारी तथा क्षतिपुर्ती सम्वन्धी व्यवस्थाहरु र सम्पती शुद्धीकरण तथा आतंककारी गतिबिधिमा बित्तीय लगानी नियन्त्रणका लागि अपनाइने व्यवस्थासम्वन्धी समाबेश गरेको हुनुपर्ने परिपत्रमा उल्लेख छ ।
प्रतिक्रिया