उत्कृष्ट बैंकको पर्याय एनएमबी

काठमाडौं । एनएमबी बैंकप्रति ग्राहकको आकर्षण बढ्दै गएको छ । यस बैंकले दिने सेवा-सुविधालगायत कारणले ग्राहकको आकर्षण बढ्दै गएको हो । उत्कृष्ट सेवा, योजना र व्यवस्थापनका कारण यस बैंकले विभिन्न समयमा अवार्ड तथा पुरस्कार प्राप्त गरेको छ ।
लगातार दुईवर्ष बैंक अफ दी इयरको अवार्ड प्राप्त गर्न सफल भएको छ । यस्तै लण्डनको फाइनान्सियल टाइम्स दी बैंकरबाट पनि सन् २०१७ र २०१८ मा बैंक अफ दी इयरको उपाधि प्राप्त गर्न सफल यस बैकको ख्याती अझै बढ्दै गएको छ ।
पछिल्लो समय दि फिनान्सियल टाइम्स, लन्डनद्वारा बैंक अफ दि एयर एसिया २०२१ र बैंक अफ दि एयर नेपाल २०२१ बाट पनि एनएमबी बैंकलाई सम्मान गरिएको छ । बैंकले २०१७, २०१८, २०२० र २०२१ गरी चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको हो । उक्त अवार्ड सेयरधनीहरुले समय–समयमा बैंकलाई दिएको सुझाव एवं सल्लाह मुताविक भएको परिणामकोरुपमा लिँदै सम्पूर्णहरुप्रति बैंकले कृतज्ञता ज्ञापन गरेको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा उत्कृष्ट बैंकका रूपमा सेवा पाएबाट बैंकले ग्राहक तथा समाजकै लागि पनि प्रभावकारी सेवा तथा योगदान दिएको प्रष्टै हुन्छ । लामो समयसम्म एनएमबी बैंक बिस्तारै आफ्नो गतिमा अगाडी बढ्ने मध्यम बैंकको रुपमा रहेको थियो । चुक्ता पुँजीको आधारमा देशकै उत्कृष्ट ‘टप थ्री’ सम्मको वाणिज्य बैंकको रेकर्ड पनि यस बैंकले बनाइसकेको छ । पछिल्लो समय व्यवसायको दर र नाफा मात्र नभई सेयर कारोबारमा पनि उच्च स्थान बनाएको छ ।
विभिन्न बैंकसँग मर्जर र प्रगति
२०६५ सालमा स्थापना भएको एनएमबी बैंकमा क्लिन इनर्जी डेभलपमेन्ट, भृकुटी डेभलपमेन्ट बैंक, प्रुडेन्सियल फाइनान्स लगायत मर्ज भएपछि प्रगति अझै बढ्दै गएको छ । मर्जरसँगै बैंकमा १ हजार ५ सय २३ कर्मचारी संख्या पुगेको छ । कर्मचारी संख्या बृद्धिसँगै खर्च व्यवस्थापन गर्न यस बैंकलाई चुनौती थपिएको छ । तर कर्म खर्च बढेपनि जति दक्ष कर्मचारी राख्यो उतिनै काम प्रभावकारी हुने बैंकले विश्वास लिएको छ ।
एनएमबी बैंकको लगानी विदेशसँग पनि गाँसिएको छ । यस बैंकमा नेदररयाण्ड्सको एफएमओले १७ प्रतिशत लगानी गरेको छ । मलेशियाको यङ लियनको ५ दशमलव २३ प्रतिशत सेयर लगानी रहेको बैकले जनाएको छ । हाल गोल्याण समूहबाट यस बैंकमा पवनकुमार गोल्याण अध्यक्ष छन् भने प्रमुख कार्यकारी अधिकृतमा सुनिल केसी छन् । महत्त्पूर्ण जिम्मेवारीमा रहेका अध्यक्ष गोल्याण र प्रमुख कार्यकारी अधिकृत केसीको कार्यकुशलता, लामो अनुभव र सक्रियताका कारण बैंकको प्रवद्र्धनमा अझ योगदान मिलेको छ ।
२६ औं साधारणसभासम्म आइपुग्दा अझ प्रगति
एनएमबी बैंकको संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरुको उपस्थितिमा २०७८ पुस २२ गते २६औं वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनले बैंक अझ प्रगतिपथमा गएको देखाएको छ । उक्त साधारणसभाद्वारा आ.व. २०७७÷७८ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १२ दशमलव ५० प्रतिशत बोनस सेयर र तीन दशमलव तीन प्रतिशत नगद लाभांश (बोनस र नगद लाभांशको कर प्रयोजनको लागि समेत) पारित भएको थियो ।
२०७८ को साधारण सभाद्वारा स्वीकृत बोनस सेयरपछि बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड पुग्ने जनाइएको छ । बैंकको २०७८ आषाढसम्म खुद नाफा दुई अर्ब ७१ करोड रुपैयाँ थियो । यस्तै निक्षेप एक खर्ब ६६ अर्ब र कर्जा एक खर्ब ५८ अर्ब रुपैयाँ रहेको देखिएको छ ।
नेपालमै पहिलो योजना ल्याउन सफल हुँदै एनएमबी बैंक
बैंकले हाल २०१ वटा शाखा, १३८ एटिएम र ९ विस्तारित सेवाद्वारा उच्चस्तरीय सेवा प्रदान गदै आईरहेको छ । यस बैंकको २६ औं साधारण सभाले आव २०७७÷७८ को नाफाबाट हाल कायम चुक्तापुँजीको १२.५० प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि पारित गरेको छ । साधारणसभाद्धारा स्वीकृत बोनस सेयर पश्चात बैंकको चुक्ता पुँजी बढेर १८ अर्ब ३६ करोड रुपैयाँ पुग्ने भएको छ ।
फेसबुकबाटै खाता
यस बैंकको फेसबुकबाटै खाता खोल्न सकिने सेवा प्रभावकारी मानिएको छ । फेसबुकको म्यासेन्जरबाटै खाता खोल्ने सुविधा प्रभावकारी भएको ग्राहकहरूले प्रतिक्रिया दिएका छन् । उक्त सेवाबाट मुद्दती निक्षेप र नविकरण पनि गर्न सकिनेछ । छरितो वित्तीय सुविधा दिनका लागि यस्तो स्मार्ट सेवा ल्याइएको बैंकको भनाई छ ।
फेसबुकबाटै बैंकिङ सेवा नेपालमै पहिलो अभ्यास मानिन्छ । डिजिटल बैंकिङ सेवाको क्षितिज अभिवृद्धि गर्दै ग्राहकवर्गलाई सहजता प्रदान गर्नु आफ्नो प्राथमिकता रहेको बैंकले जनाएको छ । घरबाटै आरामपूर्वक बैंंकिङ गतिविधिहरु रोज्नसक्ने उपयूक्त माध्यम निर्माण गर्ने कार्यदिशातर्फ बैंकका संचालक तथा कर्मचारीहरू उन्मुख छन् ।
एनएमबी बैंकको नयाँ (केवाइसी) योजना
एनएमबी बैंकले यही २०७८ सालमा नेपालमै पहिलो पटक भिडियो केवाइसीमार्फत खाता खोल्न सकिने नयाँ योजना ल्याएको छ । यस योजना अनुसार एनएमबी बैंकमा भिडियो कलमार्फत अनलाइन नयाँ खाता खोल्न सकिने छ । डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाइसी विवरण पूरा अपडेट गर्न सकिने योजना बैंकले ल्याएको हो ।
केवाइसी योजनाअन्तर्गत ओम्नि च्यानलमार्फत गरिने पहिलो कारोबार जस्तै दैनिक उपभोग्य वस्तु खरिद, विद्यायलको शुल्क, टप अपलगायतमा २५ सय रूपैयाँ वा १० प्रतिशतसम्म छुट प्रदान गर्ने बैंकले जनाएको छ । एक भिडियो कलमा पाँच मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोबार गर्न सकिने योजना बैंकको प्रभावकारी कदम मान्न सकिन्छ ।
‘एनएमबी सापटी सेवा’
एनएमबी बैंकले ‘एनएमबी सापटी सेवा’ पनि ग्राहकमाझ ल्याएको छ । कृत्रिम बौद्धिकताद्वारा सञ्चालित यस सेवाअन्तर्गत कर्जा प्रवाहका लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया म्यानुअल हस्तक्षेपबिनै डिजिटल रूपमै गर्न सकिने बैंकले जनाएको छ । यो सेवा नेपालमै पहिलो पटक २४ सै घन्टा र सातै दिन पूर्ण स्वचालित रुपमा प्रदान गरिने कर्जा सुविधा हो ।
यो सेवा मोबाइलबाटै प्रयोग गर्न सकिने जनाइएको छ । एनएमबी सापटी सेवा ग्राहकको व्यक्तिगत र आपतकालीन वित्तीय आवश्यकता पूरा गर्न ल्याइएको छोटो अवधिको धितोबिनाको व्यक्तिगत कर्जा हो । सापटी सेवाअन्तर्गत बैंकका कर्मचारीहरुलाई एकलाख रुपैयाँसम्म तुरुन्त कर्जा उपलब्ध गराइनेछ । मोबाइल फोन प्रयोग गरेरै लिन सकिने सापटी सेवामा ग्राहकले भने आफ्नो सुविधाको आधारमा कर्जा रकम र कर्जा चुक्ता अवधि छनोट गर्न सक्ने जनाइएको छ ।
एनएमबी र कर्जा बजार
एनएमबी बैंक र कर्जा बजारबीच भएको सम्झौताअनुसार इच्छुक ग्राहकले सजिलै एनएमबी बैंकको कर्जासम्बन्धी सम्पूर्ण जानकारी लिन सक्छन् । कर्जासम्बन्धी जानकारी लिने सुविधा एनएमबी भिसा क्रेडिट कार्डमार्फत पनि लिन सकिन्छ । इच्छुक ग्राहकले बैंकको रिटेल कर्जा (घर कर्जा, गाडी कर्जा, शैक्षिक कर्जालगायत) सम्बन्धी विभिन्न सुविधा लिन सक्छन् । कर्जा बजारसँगको सम्झौताले ग्राहकलाई रिटेल कर्जा प्रक्रिया अघि बढाउन सजिलो हुने जनाइएको छ ।
प्रतिक्रिया