शनिबार, असार १४, २०८२

केही प्रदेशमा हल्का वर्षा हुने

नेपालखोज २०७८ माघ २७ गते १०:३१

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको सुदूरपश्चिम , कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ । बाँकी भेगमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा हुनेछ । सो प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातिको समयमा पनि प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

काठमाडौँ उपत्यकामा बिहानैदेखि पारिलो घाम लागेकाले केही न्यानो महसुस गरिएको छ । महाशाखाको पछिललो विवरणमा काठमाडौँको न्यूनतम तापक्रम ६ दशमलव २ र अधिकतम तापक्रम १८ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया