शनिबार, असार १४, २०८२

चौबीस घण्टामा २ हजार २३८ निको, थप १ हजार ३६९ जनामा कोरोना

नेपालखोज २०७८ माघ २७ गते १७:३०

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप २ हजार २३८ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ९ लाख ३० हजार ६०७ पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९५ दशमलव ८ प्रतिशत रहेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा नेपालमा थप १ हजार ३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ८ हजार ८८० जनाको पीसीआर परीक्षण गर्दा १ हजार १३ र ३ हजार जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३५६ जना गरी कुल १ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा हाल ४० हजार १११ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ८६४ पुगेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा देशभरबाट जम्मा २ लाख २० हजार ६०१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया