चौबीस घण्टामा थपिए २ सय ६२ संक्रमित, ४ जनाको मृत्यु

काठमाडौं । नेपालमा दैनिक कोरोना संक्रमितको संख्या एक हजारभन्दा कम हुँदै गएको छ । गत चौबीस घण्टामा १ हजार ३३८ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ९ लाख ५१ हजार ३९४ पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७ दशमलव ५ प्रतिशत छ ।
यस्तै, चौबीस घण्टामा नेपालमा नयाँ संक्रमित २ सय ६२ जना थपिएका छन् । कुल ९ हजार ८१५ जनामा नमुना परीक्षण गरिएकोमा २ सय ६२ जना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ६ हजार ५७२ जनाको पीसीआर परीक्षण गर्दा २२९ जना र ३ हजार २४३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३३ जना गरी २ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा हाल १२ हजार २४४ जना सक्रिय संक्रमित छन् ।
त्यस्तै, गत चौबीस घण्टामा थप ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९२१ सय पुगेको छ । त्यस्तै, गत चौबीस घण्टामा देशभर जम्मा ३३ हजार २५४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
प्रतिक्रिया