राष्ट्र बैंक भन्छ- बैंकिङ क्षेत्रको कुल निक्षेप ४८ खर्ब ४१ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं । बैंकिङ क्षेत्रको कुल निक्षेप परिचालन बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन तीन दशमलव आठ प्रतिशतले बढेर ४८ खर्ब ४१ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप परिचालन नौ दशमलव दुई प्रतिशतले बढेर ४१ खर्ब ९१ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो ।
बैक तथा वित्तीय संस्थाको निजी क्षेत्रतर्फ लगानीमा रहेको कर्जा रकम भने चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा १२ दशमलव एक प्रतिशतले बढेर ४५ खर्ब ७७ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ११ दशमलव चार प्रतिशतले बढेर ३५ खर्ब ७६ अर्ब १२ करोड पुगेको थियो ।
राष्ट्र बैंकका अनुसार चालु आवको पहिलो ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एक खर्ब ७९ अर्ब सात करोड रुपैयाँले वृद्धि भएकामा निजी क्षेत्रतर्फ प्रवाह भएको कर्जा भने चार खर्ब ९२ अर्ब ६३ करोडले विस्तार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप तीन खर्ब ५२ अर्ब २१ करोड रुपैयाँ तथा कर्जा रकम तीन खर्ब ६६ अर्ब ३३ करोड रुपैयाँले बढेको थियो ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूको कुल चुक्ता पुँजी भने २०७८ असार मसान्तमा तीन खर्ब ९० अर्ब ५६ करोड रहेकामा ११ दशमलव नौ प्रतिशतले बढेर २०७८ पुस मसान्तमा चार खर्ब ३७ अर्ब १३ करोड पुगेको छ । त्यसैगरी, यस अवधिमा पुँजीकोष पाँच खर्ब ९७ अर्ब ६२ करोडबाट ११ दशमलव तीन प्रतिशतले वृद्धि भई छ खर्ब ६५ अर्ब पुगेको जानकारी राष्ट्र बैंकले दिएको छ ।
प्रतिक्रिया