मंगलबार, वैशाख १६, २०८२

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सेयर बजारका लागि सकारात्मक

नेपालखोज २०७८ फागुन ९ गते १६:५९

काठमाडौं । सेयर बजार विश्लेषक अनलराज भट्टराईले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सेयर बजारको लागि सकारात्मक रहेको बताएका छन् । मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाको विषयमा प्रतिक्रिया दिँदै मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा नेपाली सेयर बजारको लागि सकारात्मक रहेको बताए ।

उनले सेयर बजारलाई मौद्रिक नीतिले कुनै पनि प्रभाव नपार्ने जिकिर गरे । भट्टराईले अहिले दैनिक ५ देखि ६ अर्बको सेयर कारोबार भइरहेको र प्रत्यक्ष सेयर कर्जा मात्रै ८७ अर्ब बढी पुगेको अवस्थामा सेयर कर्जा घटाएको कारण बजार बिग्रियो भन्नु समाचार मात्रै भएको टिप्पणी गरे ।

आज संचारकर्मीसँग कुरा गर्दै उनले पछिल्लो समय छोटो समयमा धेरै कमाउने ढङगले नियोजित रुपमा सेयर बजारमा चलखेल गर्नको लागि मौद्रिक नीतिको असर भन्ने गरिएको बताए । राष्ट्र बैंकले सेयर कर्जामा ४/१२ को नीतिले लगानीकर्तालाई असर नगर्ने उनले बताए । भट्टराईले लगानीकर्ता आफू सक्षम भएर समाचारको पछि लाग्न नहुने जानकारी दिए ।

राष्ट्र बैंकले मौद्रिक नीति मार्फत साना लगानीकर्तालाई संरक्षण गर्ने काम गरेको तर ठूला लगानीकर्ताहरुले चलखेल गरेको भट्टराईले दाबी गरे । अहिले राष्ट्र बैंकको मौद्रिक नीतिको विरोध गर्नु ठूला लगानीकर्ताको नाफा कमाउने तरिका मात्रै भएको उनको भनाइ छ ।

त्यस्तै भट्टराइले सरकारले छोटो तथा लामो समय कारोबार गर्ने सेयर लगानीकर्ता छुट्याउनु पर्ने बताए । सरकारको उद्देश्य सेयर बजारलाई दीर्घकालिन लगानी ल्याउने उद्देश्य भएकाले लोमा समय सेयरमा लगानी गर्नेलाई सहुलियत र छोटो समयमा नाफाको लागि कारोबार गर्ने लगानीकर्तालाई कर बढी लगाउनु पर्ने भट्टराइले बताए । उनले यस्तो गरे मात्रै सेयर बजार स्थिर हुन सक्ने बताए । राष्ट्र बैंकले सेयर बजारको लागि बनाएको नीति बजार घटबढ होस भन्ने हिसाबले नबनाएको भट्टराइले बताए ।

उनले राष्ट्र बैंकको प्रमुख उद्देश्य भनेको वित्तीय स्थायीत्व बनाउने हो बैंकलाई सेयर बजार ३२ सय वा १२ सयमा आए पनि इन्डेक्ससँग मतलब राख्ने बताए । राष्ट्र बैंकले सेशेयर बजारलाई प्रत्यक्ष रुपमा नियन्त्रण नमिल्ने उनको भनाई छ । भट्टराइले राष्ट्र बैंकको बैैंक ब्याजदर बढाउने नीतिले बजारलाई प्रभाव पार्ने बताए । राष्ट्र बैंकले शेयर बजार तलमाथि जान्छ भनेर बैंकको ब्याजदर परिर्वतन नगर्ने राष्ट्र बैंकको नीति नभएको पनि उनले बताए ।

यता नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामा धितोकर्जामा ४/१२ को सिमा लगाएर परिमार्जन नगर्नु सेयर बजारलाई हेर्ने दृष्टि नै कुदृष्टि भएको बताइन् । उनले सेयर बजारमा ४/१२को सिमा नै राख्नु पर्ने अवस्था नभएको बताए । पोखरेलले सेयर धितो कर्जा लिँदा नै लगानीकर्ताले धितो मार्जिन राखेर कर्जा लिने गरेको बताए । उनले अहिले सरकार एउटा पार्टीको, अर्थमन्त्री अर्काे पार्टी र गभर्नर अर्को पार्टीको भएकाले सेयर बजारको लागि बन्ने नीति एक हप्ता, एक महिना तथा दिनैपिच्छे परिर्वतन हुने गरेकाले लगानीकर्ता मारमा परेको जिकिर गरिन् ।

मौद्रिक नीतिको समिक्षामा राष्ट्र बैंकले ४/१२को सिमा हुँदा हुँदै धितो कर्जा मार्जिन परिर्वतन गर्नु नियामक निकाय र सरकारले सेयर बजारलाई कुन रुपमा हेर्छ भन्ने ज्वलन्त उदाहरण भएको टिप्पणी गरिन् । बजार संधै बढाउने भन्दा पनि सेयर बजार प्रति सरकारले ल्याउने नीति स्थिर हुनु पर्ने बताइन् ।

प्रतिक्रिया