बलात्कार संस्कृतिको पक्षपोषण

नाबालिगसँगको यौन सम्बन्ध subjective हुँदै होइन के तोरीहरु ! सर्भाइभरले त्यो हिंसा महसुस गरे पनि/नगरे पनि हिंसा हो । बलात्कार महसुस गरे पनि/नगरे पनि बलात्कार हो। हिजोको ‘सहमति’, मन नमिलेर बलात्कार, भोलि बयान फेर्लिन् अनेक अनेक तोरी कुतर्क गरिरहेकाहरु सर्भाइभरले आफैं सार्वजनिक नै नगर्दा पनि बालिग/नाबालिग यौन सम्बन्धको सुचना मात्र पाउँदा पनि परिवार/समाज/राज्यले बालिग व्यक्तिलाई कानुनी दायरामा ल्याउनु पर्छ र बालिग/नाबालिग सम्बन्धमा पूर्णत जिम्मेवार बालिग व्यक्ति हुन्छ । विदेश जान, जागिर खान, भोट हाल्न अठार वर्ष कुरेर आएका तिमीहरुलाई यति बुझ्न गाह्रो भएको होइन । गाह्रो भएको त नाबालिग/बालिग महिलालाई फकाएर,धम्क्याएर, प्रलोभनमा पारेर,म्यानिपुलेट गरेर यौन तुष्टि पूरा गर्ने र ‘सहमति’ ‘त्यही बेला’ जस्ता कुतर्कले पुष्टि गरिराख्न नपाउने हो कि भन्ने डरले हो । नाबालिगको कुरा छोडौँ बालिग महिलाले नै यो शक्तिसंरचनामा सजिलो गरी आफ्नो असहमति राख्न पाउँछन् ? सहमति भनेको के हो तिमीहरुको लागि ? डर/त्रास/धम्की/प्रलोभन/नियन्त्रण सबै प्रयोग गरेर मुन्टो हल्लाउन बाध्य बनाउनु सहमति हो? तुरुन्तै प्रतिकार गर्न नसक्नु सहमति हो ? कहाँ कहाँ छन तिमीहरुका तुरुन्तै प्रतिकार गर्न सामर्थ्य दिने समाज/संरचना ?

यो घटनामा जुनसुकै बाहनामा पल शाहप्रति सहानुभूति देखाइराखेका, जुनसुकै कुतर्कहरुले विषयान्तर गर्न खोजिरहेका हर कोही मान्छे बलात्कार संस्कृतिका पक्षपोषक त हुन नै बलात्कारका दुरुत्साहनकर्ता पनि हुन् । तिमीहरुको पिडकप्रतिको पक्षधरता, तटस्थता बलात्कारको दुरुत्साहन हो । तिमीहरु भनिरहेका छौ सहमति गरेर जोसुकैले जुनसुकै उमेरका बालिकाहरुसँग यौन सम्बन्ध राख्न पाउँछ ।’
अनि फ्यान स्यान के के भएर पिडकको पक्षमा पक्षधरता देखाएका केटीहरु तिमीहरु यो बलात्कारी व्यवस्थाका हिंस्रक पुरुषहरुको दमन निरन्तर राख्न सहयोग गर्ने भाष्य बनाएर के पाउँछौ ? बलात्कार दुरुत्साहन गरेर के पाउँछौ बदलामा ? बलात्कार ! हिंसा ! दुर्व्यवहार ! दमन ! यति कुरा दिमागमा घुस्न कति हजार वर्ष लाग्छ ?
पुष्पा केसी
प्रतिक्रियाहरु :
चुप चाप ले बस, के हो भन्ने कुरा ठ्यास्ने ठास्नी हरुले देखाइ सके नि । अझै जयनारी, भुत्राको जय नारी ।
दानबहादुर शाही
जो कसैले फसाए पनि नफसाए पनि आफूले शारीरिक सम्पर्क गरेको (स्विकारेको)अडियो बिशेषतः गर्लफ्रेेण्ड-ब्याफ्रेण्डमा शारिरिक सम्पर्क भईरहाल्छ,प्रेगनेन्ट भएको भए पो स्विकार्ने या नस्विकार्ने भन्ने अभिब्यक्ति सार्बजनिक हुनु नै ठोस प्रमाण हुन् । यहि अडियोकै आधारमा पनि उनि अनुसन्धानको घेरामा पर्नुपर्छ । फसेको,फसाईएको भन्ने मुद्दा पछि अदालतले सुन्ने कुरा हो ।
श्यामसुन्दर गिरी
“सहमति भनेको के हो तिमीहरुको लागि ? डर/त्रास/धम्की/प्रलोभन/नियन्त्रण सबै प्रयोग गरेर मुन्टो हल्लाउन बाध्य बनाउनु सहमति हो? तुरुन्तै प्रतिकार गर्न नसक्नु सहमति हो ? कहाँ कहाँ छन तिमीहरुका तुरुन्तै प्रतिकार गर्न सामर्थ्य दिने समाज/संरचना ?”
सितिमिति यो समाज सुध्रनेवाला छैन ।
राजकुमार बस्नेत
पललाई फसाउने समीक्षाको योजना, षड्यन्त्र हो भने पनि नाबालिकलाई सहमतिमा सम्बन्ध राखेपछि उ अपराधी ठहर्छ जेल जानू पर्छ ।
शिव अधिकारी
यो सरासर बालिकामाथि भएको बलात्कार हो, दोसिलाई कारबाही साथै समाजमा यस्ता हर्कदमाथि निरुत्साहित गर्ने वातावरण तयार हुनुपर्दछ।
चन्द्रमणि बन्जारा
आरोप लगाउँदैमा अपराधी हुने भए राजा मारेको आरोप लागेका अहिले कुन जेल मा छन??जब सम कानुनले अपराधी भनिदैन एकतर्फी फैसला गर्नु गलत हो। फ्यान ब्यक्ती को होईन कला को हुने हो । म दुबै जना को फ्या हुँ ।
शुभम् विशेष
कानुनले गर्नु भनेको कार्य नगर्नु र नगर्नु भनेको कार्य गर्नु अपराध हो। यदी आरोप सही हो भने बावुराजाका रौतेला अपराधी हुन , रौतेलाका पक्षधर मगज नभएका दास हुन ।
सुरेश जुपटर न्यौपाने
कानुनी रुपमा अपराध हो पल समिक्षा काण्ड, तर घटना भै सके पछि आफू पिडित हुँ भन्नू जानि बुझिसकेपछि चाहिँ समय आए पछि खुलासा गर्छु यसो गर्छु त्यसो गर्छु मिडियामा जाँदा त्यस्तो केही हैन ईधरउधर गर्नेहरुलाई चाहिँ पिडित भए पनि पिडित मानिराख्न पर्छ भन्ने छैन । विहे गरे ठिक नगरे बेठीक, २/४ जना लबस्तराहरुको बिचमा बसेर गरेको षड्यन्त्र सफल भए ठिक नभए बेठिक । यो चमत्कार हो बलात्कार होईन । विभिन्न षड्यन्त्र तिगडम गर्न सक्ने उनी मानसिक रुपमा परिपक्व देखिईन । शारीरिक रुपमा त (पोखरा चितवन अन्त कता कता हो त्यो उनै जान्दछिन) शारीरिक सम्बन्ध बनाएपछि परिपक्व बनिहालिन् नि ।
आचार्य विकास
कानुनमा यस्तो व्यवस्था छ, सामाजिक संजालमा तर्क बितर्क गरेर मुद्दालाई अन्यत्र धकेल्न खोजिएको छ। यतातिर हामी लाग्नु हुन्न।
परिच्छेद- १८
करणी सम्बन्धी कसूर
२१९. जवर्जस्ती करणी गर्न नहुने:(१) कसैले जवर्जस्ती करणी गर्न हुँदैन ।
(२) कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मानिनेछ ।
एचआर तिमिल्सिना
आफूलाई ललाई फकाई आफ्नो फाइदा लुटेको भनी हिम्मत गरेर समिक्षाले कानुनी प्रकृयातर्फ अघि बढ्नु उनको साहसपूर्ण कदम हो। यदि समीक्षा कुनै विकशित देशमा हुन्थिन् भने, what a brave girl भन्दै उनको वाह वाही हुन्थ्यो होला। तर विडम्बना उनी यस्तो भेडाहरुको हुलमा जन्मेछिन् की यहाँ उनीलाई हेर्ने मानिसहरूको नजरिया र पुकार्ने नाम नै अपशब्दहरु युक्त भइरहेकाछन्।
फ्रीफिक्स एचडी
१८ बर्स नपुग्दै यस्तो कार्यमा सग्लग्न भएर तमाम चेलिबेटी को बेइज्जत गर्नी लाई कडा कारबाही होस । पल साहको त उमेर पुग्या छ है ।
टेकलालोली ओली
प्रतिक्रिया