शनिबार, असार १४, २०८२

नेपालमा सक्रिय संक्रमितको संख्या साढे ८ हजारमा झर्‍यो

नेपालखोज २०७८ फागुन १५ गते १७:०३

काठमाडौं । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या साढे ८ हजारमा झरेको छ । गत चौबीस घण्टाम देशभरबाट थप ४१५ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ८ हजार ५१७ मा झरेको हो ।

नेपालमा डिस्चार्ज हुनेको कुल संख्या ९ लाख ५६ हजार ४१३ पुगेको छ । हाल संक्रमण मुक्त हुने दर ९७ दशमलव ९ प्रतिशत पुगेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ६ हजार ४८६ जनाको पीसीआर परीक्षण गर्दा ९४ र ३ हजार २२४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १७ जना गरि कुल १११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, गत चौबीस घण्टामा थप १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९३५ पुगेको छ । त्यस्तै, गत चौबीस घण्टामा देशभर थप ४१ हजार ३६९ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया