राष्ट्र बैंकद्वारा पुनः आठ अर्ब १३ करोडको ट्रेजरी आह्वान
नेपालखोज
२०७८ फागुन १५ गते १८:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः आठ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिक्रीको आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि (सोमबार) अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
जारी मिति भने फागुन १८ गते तोकिएको ट्रेजरी खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरू सहभागी हुन पाउनेछन् । बिक्री गरिने कुल ट्रेजरीमध्ये २८ दिने अवधिको पाँच अर्ब र ९१ दिने अवधिको तीन अर्ब १३ करोड रुपैयाँको छ । राष्ट्र बैंकका अनुसार यी ट्रेजरीहरूको परिपक्व हुने अवधि भने २०७८ चैत १५ गते र २०७९ जेठ १७ गते तोकिएको छ ।
यसअघि यही फागुन ९ गते पनि राष्ट्र बैकले आठ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

सम्बन्धित
प्रतिक्रिया