शनिबार, असार १४, २०८२

चौबीस घण्टामा थपिए १२७ संक्रमित, ३२१ जना डिस्चार्ज

नेपालखोज २०७८ फागुन १८ गते १६:३८

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप १२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ४ हजार ६७२ जनाको पीसीआर परीक्षण गर्दा १२३ र २ हजार २०२ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४ जना गरि कुल १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७ हजार ७७० रहेको छ ।

त्यस्तै, नेपालमा गत चौबीस घण्टामा थप ३२१ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ९ लाख ५७ हजार ४८८ पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७ दशमलव ९ प्रतिशत रहेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९४१ पुगेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा देशभर थप ३५ हजार ७८८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया