नेप्से परिसूचकमा ११४.०४ अंककाे गिरावट

काठमाडौं । पछिल्लो एक सातामा नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ । नेप्से यो सातामा तीन दिन मात्रै कारोबार भएको छ । तीन दिनको कारोबारमा नेप्से परिसूचक ११४.०४ अंकले गिरावट आएको छ ।
गत साताको बुधबारदेखि नेप्सेमा निरन्तर रुपमा गिरावट आएको छ । नेप्से परिसूचकमा गत साताको अन्तिम कारोबारको दिन बिहीबार २ हजार ६६१.४४ विन्दुमा रोकिएको थियो । यो साताको बुधबारसम्मको कारोबारमा ११४.०४ अंकले गिरावट आएर २ हजार ५४७.०४ विन्दुमा खुम्चिएको छ । प्रतिशतका हिसाबले हेर्दा पछिल्लो तीन दिनको कारोबारमा नेप्से परिसूचक ४.३ प्रतिशत गिरावट आएको छ ।
साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक ७.७३ अंक घटेको थियो । आइतबार सेन्सेटिभ इन्डेक्स ०.७३ अंक, फ्लोट इन्डेस्क ०.६९ अंक र सेन्सेटिभ फ्लोट इन्डेस्क ०.४६ अंक घटेको थियो । उक्त दिन कारोबारमा आएका २२४ कम्पनीको ७० लाख ४० हजार कित्ता सेयर ३ अर्ब २७ करोड ३० लाख ६५ हजार रुपैयाँबराबरको कारोबार भएको थियो ।
त्यस्तै साताको दोस्रो दिन सोमबार पनि नेप्से परिसूचक १.६२ प्रतिशतले घटेर २६१०.६० विन्दुमा झरेको थियो । सोमबार कारोबारमा आएका २२७ कम्पनीको ७८ लाख ३४ हजार कित्ता सेयर ३ अर्ब ६६ करोड १ लाख ८९ हजार रुपैयाँबराबरको खरिद-बिक्री भएको थियो । मंगलबार महाशिवरात्रि पर्व परेकाले नेप्से कारोबार बन्द भएको थियो । बुधबार नेप्से परिसूचक ६३ भन्दा बढी अंकले घटेर २ हजार ५४६.६० विन्दुमा झरेको छ ।
त्यस्तै, सेन्सेटिभ इन्डेस्क ११.५२ अंक, फ्लोट इन्डेस्क ४.३७ अंक र सेन्सेटिभ फ्लोट इन्डेस्क ३.६१ अंकले गिरावट आएको छ । बुधबार कारोबारमा आएका २२८ कम्पनीको ७६ लाख ५२ हजार कित्ता सेयर ३ अर्ब ६२ करोड ११ लाख रुपैयाँबराबरको खरिद-बिक्री भएको छ । बिहीबार शेर्पा समुदायले मनाउने ग्याल्बो ल्होसार परेकाले सरकारले सार्वजनिक बिदा दिएकाले नेप्से कोरोबार पनि बन्द छ ।
बुधबारसम्म आइपुग्दा तेब्बर अंकले गिरावट आएको सेयर बजारमा लगानीकर्ताले एक खर्ब ६२ अर्ब २ करोड अधिक पुँजी गुमाएका छन् । गत साताको अन्तिम कारोबारसम्म ३७ खर्ब ६९ अर्ब ६३ करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण बुधबारको कारोबारपछि ३६ खर्ब ७ अर्ब ६० करोड रुपैयाँमा सीमित भएको छ ।
प्रतिक्रिया