चितवन कांग्रेस : सभापतिका लागि आज दोस्रो चरणको निर्वाचन
नेपालखोज
२०७८ फागुन २१ गते १०:४४

चितवन । नेपाली कांग्रेस चितवनको सभापति चयन गर्न आज (शनिबार) दोस्रो चरणको मतदान हुँदैछ । पहिलो चरणको निर्वाचनबाट कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत कटाउन सकेनन् । पुनः आज नेतृत्वको छिनोफानो गर्न दोस्रो चरणको निर्वाचन हुन लागेको हो ।
हिजो (शुक्रबार) भएको पहिलो चरणको निर्वाचनमा राजेश्वर खनाल र मिलनबाबु श्रेष्ठले पहिलो र दोस्रो बढी मत प्राप्त गरेका थिए । दोस्रो चरणको निर्वाचनमा आज उनीहरूबीच नै प्रतिस्पर्धा हुने कांग्रेस चितवनले जनाएको छ ।
मतदान दिउँसो साढे १२ बजेदेखि सुरु हुनेछ । पहिलो चरणमा राजेश्वर खनालले पहिलो बढी ७४६ मत प्राप्त गरेका थिए भने दोस्रो बढी ६६२ मत मिलनबाबु श्रेष्ठले प्राप्त गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया