नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजारमा झर्यो !

काठमाडौं । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७ हजारमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत चौबीस घण्टामा थप ३६२ कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार ९४७ मा झरेको हो ।
नेपालमा कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ९ लाख ५८ हजार ५५५ पुगेको छ । कोरोना संक्रमण निको हुनेदर ९८ दशमलव १ प्रतिशत रहेको छ ।
त्यस्तै, नेपालमा गत चौबीस घण्टामा थप ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट २ हजार ६६२ जनाको पीसीआर परीक्षण गर्दा ६७ र ३ हजार ५५८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २४ जना गरि कुल ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
गत चौबीस घण्टामा कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको छैन् । त्यस्तै, गत चौबीस घण्टामा देशभर थप २ लाख ८६१ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।
प्रतिक्रिया