सोमबार, असार २३, २०८२

साहित्य र बौद्धिकताको नङ-मासुको जस्तो सम्बन्ध : नेता महर

नेपालखोज २०७८ फागुन २१ गते २१:१९

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले साहित्य र बौद्धिकताको नङ–मासुको जस्तो सम्बन्ध रहेको बताएका छन् । सुदूपश्चिमाञ्चल साहित्य समाजद्वारा आयोजित साहित्य महोत्सवअन्तर्गको ‘राजनीतिमा साहित्य र बौद्धिकता विषयक’ बहसमा नेता महरले साहित्य कल्पना सिल हुने भएकाले त्यसले चेतनाको स्तरमा वृद्धि गर्ने बताए।

साथै नेता महरले साहित्यले बौद्धिकतामा निखार ल्याउने बताएका छन्। राजनीति र साहित्यले कल्पना गर्ने भएकाले त्यसले बौद्धिकतामा प्रभाव पार्ने महरले बताए। ‘कल्पना गर्ने मान्छेले समाजका विभिन्न आयामका बारेमा चिन्तन गर्छन्। उक्त चिन्तनले बौद्धिकताको विकास गर्छ। साहित्यकार चिन्तनशील भएकैले बौद्धिक पनि हुन्छन्,’ उनले भने।

उनले बिपी साहित्यमा अब्बल भएको बताए। बिपी साहित्य र राजनीति दुबैका कुसल चिन्तक भएको बताउँदै नेता महरले त्यसैको प्रतिफल स्वरुप आज बिपी अमर हुन पुगेको बताए। उनले अहिले मूल राजनीति सम्हाल्ने नेतामा बौद्धिकताको खडेरी रहेको समेत टिप्पणी गरेका छन्। एमसीसी माथिको बबन्डर र अरुण तेस्रो फेल हुनुलगायका कुराले पनि केही नेपाली नेताको अदुरदर्सी चिन्तन प्रस्ट भएको बताए।

उनले कुसल राजनीतिज्ञले सधैँ बौद्धिक चिन्तनको प्रयोग गर्नू पर्ने बताएका छन्। ‘देशभित्र बौद्धिक क्षेंमता भएका व्यक्ति हुन्छन्। कुनै नेतामा सबै क्षेत्रको ज्ञान हुँदैन। तर, उसले देशमा रहेका बौद्धिक व्यक्तिहरूको बौद्धिकताको सदुपयोग गर्नूपर्छ,’ नेता महरले।

नेपालमा राजनीतिले बौद्धिक व्यक्तिलाई सत्रुवत ठान्ने भएकाले त्यो प्रवृतिको अन्तय हुनुपर्ने समेत उनी बताउँछन्। उनले बौद्धिक टिप्पणीलाई सुझावको रुपमा लिएर जनअपेक्षा अनुसार नेताहरूले काम गर्नूपर्ने अहिलेको अपरिहार्य रहेको बताए।

उनले अहिलेको राजनीति भीडबाट निर्देशित भइरहेको प्रति चिन्ता व्यक्त गरेका छन्। राजनीति भीडबाट नभएर जनमतबाट निर्देशित हुनुपर्ने महरको भनाई छ। बौद्धिकताको अभावका कारण यस्तो अवस्थाको सिर्जना भइरहेको उनले बताए। उनले सुदूरपश्चिममा सुदूरपश्चिमाञ्चल साहित्य समाजले यस्ता कार्यक्रमको आयोजना गर्दै विभिन्न बहसमार्फत समाजमा बौद्धिकताको बृद्धिमा टेवा पुग्ने काम गरिरहेको समेत बताए।

प्रतिक्रिया