मंगलबार, वैशाख १६, २०८२

राष्ट्र बैंकले पुनः ६ अर्ब २६ करोड रुपैयाँँको ट्रेजरी बिक्री गर्दै

नेपालखोज २०७८ फागुन २२ गते १८:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः ६ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिक्रीको आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भने फागुन २५ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउने छन् । बिक्री गरिने कुुल ट्रेजरी २८ दिने अवधिको दुई अर्ब र ९१ दिने अवधिको चार अर्ब २६ करोड रुपैयाँ बराबरको रहेको छ । राष्ट्र बैंकका अनुसार यो टे«जरीहरुको परिपक्व हुने अवधि भने क्रमश: २०७८ चैत्र २२ गते र २०७९ जेठ २४ गते तोकिएको छ ।

राष्ट्र बैकका अनुसार यो ट्रेजरी पुरानो नविकरण अन्र्तगतको रहेको छ । यसअघि यही फागुन १६ गते पनि राष्ट्र बैकले आठ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

प्रतिक्रिया