सोमबार, असार ९, २०८२

सुनचाँदीको भाउ बढ्याे

नेपालखोज २०७८ फागुन २३ गते १२:०९

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन आज प्रतितोला ११ सय रूपैयाँले बढेर १ लाख ३० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाल सुन १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ११ सय रूपैयाँले बढेको छ । आज तेजाबी सुन १ लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार तेजाबी सुन १ लाख १४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । आज चाँदी १४ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया