बैतडीका सबै विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर
नेपालखोज
२०७८ फागुन २४ गते १५:०१

काठमाडौं । दुर्गम क्षेत्रका बालबालिकालाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले बैतडीका सबै स्थानीय तहका विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयको आयोजनामा शिविर सञ्चालन गरिएको हो ।
शिविरमा चार हजार ७०३ बालबालिकाले उपचार गराएको स्वास्थ्य कार्यालय बैतडिले जनाएको छ । दश पालिका रहेको बैतडीका प्रत्येक स्थानीय तहका एक/एक विद्यालयमा शिविर सञ्चालन गरिएको थियो । शिविरमा आँखा, कान र दाँतमा समस्या भएका विद्यार्थीलाई विद्यालयमै स्वास्थ्य सेवा उपलब्ध गराइएको छ ।
तीमध्ये दाँतसम्बन्धी एक हजार ६२७, आँखासम्बन्धी एक हजार ५८४ र कानसम्बन्धी एक हजार ४९२ बालबालिकाको उपचार गरिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया