मलेसियामा दुई बर्षपछि विदेशी पर्यटकका लागि प्रवेश खुल्ला
नेपालखोज
२०७८ फागुन २४ गते २०:०३

काठमाडौं । मलेसियामा झण्डै दुई बर्षपछि विदेशी पर्यटकका लागि पनि प्रवेश खुल्ला गर्न लागिएको छ । आगामी अप्रिल १ देखि लागु हुनेगरी विदेशी पर्यटकलाई प्रवेष दिइने निर्णय भएको सरकारी अधिकारीले आज जानकारी दिएका छन् ।
कोरोनाभाइरसको महामारीका कारण मलेसियाले दुई बर्ष अगाडि अर्थात् सन् २०२० को मार्चदेखि पर्यटकलाई स्वदेश भित्रिन प्रतिवन्ध लगाएको थियो । कोरोनाभाइरसको महामारी कम भएको र प्रतिबन्धात्मक व्यवस्था हटाइएकोले विदेशी पर्यटकलाई पनि स्वदेश प्रवेशमा खुल्ला गर्न लागिएको हो ।
विश्वका अरु धेरै देशमा पनि महामारी कम भएको र ती देशहरुले समेत विदेशी पर्यटकलाई खुल्ला गरेकाले प्रतिबन्ध लगाइरहनु आवश्यक नरहेको अधिकारीले निष्कर्ष निकालेका हुन् । दक्षिण एसियाली मुलुक मलेसियामा पर्यटकहरुको ठूलो भीड लाग्ने गर्दछ भने पर्यटन व्यवसायबाट ठूलो आम्दानी हुने गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया