सोमबार, असार २३, २०८२

कांग्रेसले स्थानीय तह चुनाव केन्द्रित अभियानका लागि केन्द्रीय प्रतिनिधि खटायाे

नेपालखोज २०७८ फागुन २५ गते ८:४५

काठमाडाैं । नेपाली कांग्रेसले स्थानीय तह चुनाव केन्द्रित अभियानका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ । केन्द्रीय सदस्यहरूलाई जिल्ला तोकेर प्रतिनिधिका रूपमा खटाइएको हाे । केन्द्रीय प्रतिनिधिहरू फागुन २७ भित्र सम्बन्धित जिल्ला पुगिसक्नुपर्नेछ ।

प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले मंगलबार स्थानीय तह चुनाव केन्द्रित अभियान सञ्चालन गर्न निर्देशन दिएका हुन् । मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालय पुगेका देउवाले पदाधिकारीहरूसँग छलफल गर्दै अभियान सञ्चालन गर्न निर्देशन दिएका हुन् ।

हेर्नुस् कसलाई कहाँ खटाइयो

प्रतिक्रिया