शनिबार, असार १४, २०८२

नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजारमा झर्‍यो

नेपालखोज २०७८ फागुन २६ गते १६:२९

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ हजारमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत चौबीस घण्टामा थप ४२९ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ३४० मा झरेको हाे ।

नेपालमा कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ९ लाख ६० हजार ४९७ पुगेको छ । संक्रमण मुक्त हुनेदर ९८ दशमलव २ प्रतिशत पुगेको छ ।

त्यस्तै, नेपालमा गत चौबीस घण्टामा थप ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट ६ हजार ८०१ जनाको पीसीआर परीक्षण गर्दा ७७ जनामा र २ हजार ५७२ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जना गरि कुल ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

गत चौबीस घण्टामा कोरोना भाइरस संक्रमणका कारण कसैको मृत्यु भएको छैन । त्यस्तै, गत चौबीस घण्टामा देशभरबाट थप १ लाख २९ हजार २८५ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया