झापामा भएको स्वास्थ्य शिविरको काठमाडौंमा समीक्षा

काठमाडौं । झापाको दमकमा भएको विशेषज्ञ स्वास्थ्य शिविरको सम्बन्धमा काठमाडौंमा समिक्षात्मक कार्यक्रम गरिएको छ । गत पुष ८,९,१० र ११ गते भएको कार्यक्रमको सम्बन्धमा विशेषज्ञ चिकित्सकको सहभागितामा कार्यक्रम गरिएको हो ।
गत पुषमा झापाको दमकमा भएको शिविरमा मुटु रोग, बाल रोग, सामान्य चिकित्सा र दाँत गरी चार विधामा स्वास्थ्य परीक्षणका साथै निःशुल्क उपचार गरिएको थियो । शिक्षण अस्पताल महाराजगन्जका बरिष्ठ चिकित्सक र नर्स सहभागी शिविरमा निःशुल्क इको, ईसीजी,फार्मेसी सेवा, मधुमेह र रगत परीक्षण गर्नुका साथै उपचार पनि गरिएको थियो ।
तीन हजार बढीको परीक्षण तथा उपचार गरिएकामा ६८ जना बालबालिकामा मुटुको समस्या देखिएको थियो । प्रत्येकको उपचार गर्न पाँचलाख बढी खर्च लाग्ने छ । ६८ जना बालबालिकाको मनमोहन कार्डियोग्रापिक अस्पतालमा निःशुल्क उपचार हुँदैछ । ६ जना भने उपचारपछि घर फर्किका छन् ।
झापाको शिविर घुन्सा फाउण्डेशन, विपद्का लागि स्वास्थ्य सेवा र दमक नगरपालिकाको आयोजनामा भएको थियो । समिक्षात्मक कार्यक्रममा डा. अनिल भट्टराई, डा.महेशराज सिग्देल, डा. निदेश कोइराला, डा. सिजन थापा, सुमन दाहाल, सुशील ज्ञवाली र घुन्सा फाउण्डेशनका अध्यक्ष याङजोम शेर्पालाई सम्मान गरिएको विपन्नका लागि स्वास्थ्य नेपालका महासचिव एवम् दैलिखी समाज सेवा काठमाडौंका अध्यक्ष प्रताप शाहीले जानकारी दिएका छन् ।
प्रतिक्रिया