रुसी सेना किएभको भित्री भागतर्फ लम्किँदै गर्दा बाहिरी भागमा रुसी आक्रमण सघन बन्दै
नेपालखोज
२०७८ फागुन २९ गते ८:३१

काठमाडाैं । युक्रेनमाथि रुसी आक्रमणको १७औँ दिन शनिबार सबेरै निकोलेभ, निप्रो र क्रोपीभीन्टस्की शहरमा बम विस्फोट भएका खबर बीबीसी युक्रेनले स्थानीय अधिकारीलाई उल्लेख गर्दै लेखेको छ ।
जर्मन चान्सलर ओलाफ सोल्ज र फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन द्वन्द्वमा तत्काल युद्धविरामका लागि सहमति जनाउन आग्रह गरेका छन् ।
युक्रेनमा जारी युद्ध रोक्ने अन्तर्राष्ट्रिय पहलको क्रममा उनीहरूबीच शनिवार ७५ मिनेट लामो टेलिफोन वार्ता भएको सोल्जका प्रवक्ताले बताएका छन् ।
यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले युद्धविराम नभएसम्म रुससँग कुनै पनि छलफल अघि बढ्न नसक्ने बताएका छन् ।
पत्रकार सम्मेलनमा उनले १,३०० युक्रेनी फौजको मृत्यु भएको जानकारी दिए । तर यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन । बीबीसी
सम्बन्धित
प्रतिक्रिया