चौबीस घण्टामा ८३ जनामा कोरोना, १३० डिस्चार्ज
नेपालखोज
२०७८ चैत १ गते १६:३८

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थपिए ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ४ हजार ७३४ जनाको पीसीआर परीक्षण गर्दा ५७ र ३ हजार १५० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २६ जना गरि कुल ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ४ हजार ७४६ रहेको छ ।
त्यस्तै, नेपालमा गत चौबीस घण्टामा थप १३० जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ९ लाख ६१ हजार ३४८ पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८ दशमलव ३ प्रतिशत पुगेको छ ।
त्यस्तै, गत चौबीस घण्टामा कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको छैन् । त्यस्तै, गत चौबीस घण्टामा देशभर थप १ लाख ३ हजार ५३८ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया