सोमबार, वैशाख २९, २०८२

नेपाललाई चौथो सफलता, पीएनजीले ४५ ओभरमा बनायो १६४ रन

नेपालखोज २०७८ चैत २ गते १३:३०

काठमाडाैं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पपुवा न्युगिनिविरुद्व चौथो सफलता हात पारेको छ। नेपाललाई ज्ञानेन्द्र मल्लले तेस्रो सफल्ता दिलाएको अर्को ओभरमा हिरिहिरिलाई सन्दीप लामिछानेको बलमा बिनोद भण्डारीले रनआउट गरे । त्यसअघि मल्लले कप्तान असाद भालालाई १९ रनको अवस्थामा आउट गरेका थिए।

नेपालका लागि सन्दीप लामिछानेले दोस्रो विकेटका रुपमा ओपनर लेगा सयकालाई २५ रनको अवस्थामा बोल्ड गरे। यसअघि आरिफ शेखले ओपनर टोनी उरुलाई २७ रनको अवस्थामा बिनोद भण्डारी द्वारा क्याच आउट गराएका थिए ।

पीएनजिले ४५ ओभरको समाप्तीमा ४ वकेट गुमाएर १६४ रन बनाएको छ । सारजाहा मैदानमा पीएनजीले टस जितेर पहिले ब्याटिङ गरिहरहेको छ।

प्रतिक्रिया