प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक
नेपालखोज
२०७८ चैत ६ गते १५:१७

काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दैछ । आइतबार दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक आह्वान गरिएको हो ।
बैठकका एजेन्डाबारे केही जानकारी गराइएको छैन् । सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आए पनि आज आइतबार बैठक बोलाइएको हो ।
देउवाले आजका लागि बोलाएको बैठक महत्वपूर्ण रुपमा हेरिएको छ । बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डामा छलफल गरेर निर्णय गर्ने तयारी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया