सोमबार, असार २३, २०८२

ग्लोबल आईएमई बैंकको मुद्दती निक्षेप धितो कर्जा अब अनलाइनबाटै

नेपालखोज २०७८ चैत ६ गते १७:४९

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकहरुले अबदेखि मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाटै कर्जा लिन सक्नेछन् । बैंकले आफ्ना मुद्दती निक्षेपकर्ताहरुलाई लक्षित गरी उनीहरुको मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा उपलब्ध गराउने सुविधा सुरु गरेको छ ।

यसकालागि बैंकका मुद्दती निक्षेपकर्ताहरुले ग्लोबल आईएमई बैंकको मोबाइल एप ग्लोवल स्मार्ट प्लस वा वेभसाईट मार्फत मुद्दती निक्षेपको धितोमा अनलाइन कर्जा लिन सक्नेछन् । सो रकम आवेदकको बचत खातामा तत्काल जम्मा हुनेछ । यसमा कुनै पनि भौतिक कागजात आवश्यक पर्ने छैन । यस योजना अन्तर्गत बैंकबाट आफ्नो मुद्दती निक्षेपको ९० प्रतिशतवा बढीमा १० लाख रुपैयाँसम्म ऋण लिन सक्नेछन् ।

ग्लोबल आईएमई बैंक डिजिटल प्रणालीमार्फत आफ्ना ग्राहकहरुलाई लाभान्वित गराउन सदैव तत्पर रहि आएको छ । बैंकले मुलुकभर २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा मुलुक बाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया