कोरोना महामारीबीच एउटा नयाँ चुनौती : लासा फिबर

काठमाडौं । कोरोना महामारीबीच नाइजेरियामा तीव्र गतिमा फैलिरहेको लासा फिबर संसारका लागी नयाँ चुनौती हुनसक्ने चेतावनी स्वास्थकर्मीहरुले दिएका छन् । नाइजेरिया सेन्टर फर डिजिज कन्ट्रोल (एनसीडीसी) का अनुसार नाइजेरियामा यो अंग्रेजी वर्षको ८८ दिनमा लासा फिबरका कारण १२३ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ६५९ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी ब्रिटेनमा लासा फिबरका दुई बिरामी फेला परिसकेका छन् । जसमध्ये एकजनाको मृत्यु भएको छ । २५ प्रतिशत रोगी जसले लासा फिबरलाई माथ दिन्छन् उनीहरुमा पनि बहिरोपनको समस्या देखापर्छ । त्यसमा आधा जति बिरामीले एकदेखि तीन महिनामा सुन्ने क्षमता पुन: प्राप्त गर्छन् ।
लासा भाइरस बिरामीको जड
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का अनुसार लासा फिवर एक्यूट भाईरल हेमोरेजिक फिबर हो जुन लासा भाइरसका कारण हुन्छ । लासाको सम्बन्ध भाइरसको परिवार एरिना भाइरससँग छ ।
मानिसहरु खासगरी अफ्रिकी मल्टिमेमेट मुसाका कारण यसको सिकार हुन्छन् । घरका सामान वा खाद्य पदार्थमा मुसाको पिसाब वा दिसाका कारण यो संक्रमण फैलन्छ ।
लक्षण देखिँदैन
डब्ल्यूएचओ का अनुसार लासा फिबरबाट संक्रमित ८० प्रतिशत मानिसमा कुनै लक्षण देखिँदैन भने पाँचमध्ये एक संक्रमित गम्भीर समस्याको सिकार हुन्छन् ।
यो भाइरसले शरीरका प्रमुख अंग लिभर तथा किड्नीलाई नराम्रोसँग दुस्प्रभावित गर्ने कुरा प्रमाणित भइसकेको छ । यसबाट गम्भिर रुपमा संक्रमित बिमारिको मृत्युको कारण अर्गान फेलियर हुनेगरेको छ ।
२१ दिन सम्म ज्वरो
मानिसमा लासा फिबरको प्रभाव २ देखि २१ दिनसम्म रहन्छ । अमेरिकी स्वास्थ्य एजेन्सी सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिवेन्सन (सीडीसी) का अनुसार यो बिमारीको पहिलो पुष्टि १९६९ मै नाइजेरियाको लासा सहरमा भएको थियोे ।
त्यसैले यसको नाम लासा रहन गयो । यो भाइरसबाट हरेक साल सरदर एक लाखदेखि तीन लाख मानिस संक्रमित हुन्छन् भने त्यसमध्ये पांँच हजारको मृत्युु हुन्छ । घाना, माली, सियरा लियोन तथा नाइजेरियामा यसको प्रकोप बढी छ ।
कोरोनाको जस्तै लक्षण
डब्ल्यूएचओका अनुसार लासा भाइरसबाट संक्रमित व्यक्तिमा चर्को ज्वरो, टाउको दुख्ने, घाँटी खसखसाउने, मांसपेशीको पीडा, छाती दुख्ने, डायरिया, खोकी, पेट दुख्ने तथा शरीर असजिलो हुनेजस्ता लक्षण देखिन्छन् ।
यसका गम्भिर बिमारिको अनुहार सुन्निने , फोक्सोमा पानी जम्ने , मुख तथा नाकबाट रगत आउने जस्ता लक्षण देखा पर्छन् भने ब्लड प्रेशर पनि निकै तल झर्छ ।
नाइजेरियामा कोरोना सँगै लासा
नाइजेरियामा अहिलेसम्म कोरोनाका २,५५,३४१ बिरामी फेला परेका छन् । यो संक्रमणमा ३१४२ जनाको मृत्यु भइसकेको छ । यसैगरी २ लाख ४९ हजारभन्दा बढी निको भएर घर फर्किसकेका छन् । विशेषज्ञहरुका अनुसार कोरोना महामारीको प्रकोपबीच लासा फिबरको प्रकोप बढ्यो भने नाइजेरियासँगै संसारका अन्य देशको समस्या पनि बढ्नेछ ।
-अन्तर्राष्ट्रिय विभिन्न सञ्चारमाध्यमको सहयोगमा
प्रतिक्रिया