नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या १ हजारमा झर्यो

काठमाडौं । नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या १ हजारमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत चौबीस घण्टामा देशभरबाट थप ८९ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ८१ मा झरेको हो ।
हालमा कोरोना निको हुनेको कुल संख्या ९ लाख ६५ हजार ३९४ पुगेको छ । निको हुने दर ९८ दशमलव ७ प्रतिशत पुगेको छ।त्यस्तै, गत चौबीस घण्टामा थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३ हजार ६२३ जनाको परीक्षण गर्दा २४ र १ हजार ३२८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा जम्मा १ जना गरि देशभरबाट जम्मा २५ जनामा संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण मृत्यु हुनेको संख्या शून्य छ ।
गत चौबीस घण्टामा देशभरबाट थप ६० हजार २६० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
प्रतिक्रिया