मंगलबार, वैशाख १८, २०८१

नेकपाको सचिवालय बैठक बस्दै, प्रधानमन्त्रीलाई पार्टी निर्णय कार्यान्वयन गर्न दबाब दिने तयारी

नेपालखोज २०७६ फागुन १८ गते ९:२७

काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आइतवार आज बिहान ११ बजेका लागि सचिवालय बैठक बोलाएको छ । पछिल्लो समयमा देखिएको पार्टी र सरकारको मतभेद हल गर्न सचिवालय बैठक बोलाइएको हो ।

गत बुधवार बसेको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रिय सभा सदस्यमा लैजान सरकारलाई सिफारिस गर्न गरेको निर्णयलाई अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चुनौती दिएका थिए ।

अर्थमन्त्रीसमेत रहेका युवराज खतिवडालाई नै राष्ट्रिय सभामा लैजाने प्रधानमन्त्री ओलीको अडानले नेकपाभित्र विवाद निम्तिएको हो । पार्टीले गरेको निर्णय कार्यान्वयन गर्न सचिवालयका सदस्यहरूले निरन्तर सुझाव दिइरहेका छन् ।

आज बस्न लागेको सचिवालय बैठकमा पनि प्रधानमन्त्रीलाई पार्टी निर्णय कार्यान्वयन गर्न दबाब दिइने एक सचिवालय सदस्यले बताए ।’ आज सचिवालय बोलाइएको छ, उहाँ आफैंले अध्यक्षता गरेको बैठकले गरेको निर्णय कार्यान्वयन गर्न किन आनाकानी गरेको भनेर प्रश्न सोध्ने हाम्रो तयारी छ,’ ती सचिवालय सदस्यले भने ।

प्रतिक्रिया