सोमबार, असार ९, २०८२

सुनकाे मूल्य सामान्य बढ्याे, चाँदीकाे घट्याे

नेपालखोज २०७८ चैत २२ गते १०:५३

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनकाे भाउ बढेकाे छ भने चाँदीकाे भाउ घटेकाे छ । छापावाल सुन आज प्रतितोला एक सय रुपैयाँले बढेर ९८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साेमबार ९८ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि एक सय रुपैयाँले बढेको छ । आज तेजाबी सुन ९८ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य आज १० रुपैयाँले घटेको छ । आज चाँदी १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया