सोमबार, असार ९, २०८२

सुन ताेलामा ५ सय रूपैयाँले बढ्याे, ९९ हजार रुपैयाँमा कारोबार

नेपालखोज २०७८ चैत २४ गते १०:४८

काठमाडाैं । नेपाली बजारमा आज बिहीबार सुनकाे भाउ बढेकाे छ भने चाँदीकाे भाउ घटेकाे छ । छापावाल सुन आज प्रतितोला ५ सय रुपैयाँले बढेर ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ५ सय रुपैयाँले बढेको छ । आज तेजाबी सुन ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजाे तेजावी सुन ९८ हजार रूपैयाँमा काराेबार भएकाे थियाे ।

त्यसैगरी, चाँदीको मूल्य आज पनि घटेकाे छ ।आज चाँदी १३ सय ३४ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया