काँधको जोर्नी जाम हुने समस्याको उपचार

काँधको जोर्नी जाम हुने समस्याको उपचार गर्दा जोर्नीको रेन्ज अफ मेसन गर्दा मुख्य रुपमा (जोर्नीको चालको रेन्ज) बहाल गर्नु र दुखाइ कम गर्नुपर्ने हुन्छ । पीडा अत्यन्त भएको खण्डमा दर्द निवारक औषधिहरुको पनि उपयोग गर्ने गरिन्छ ।
क्याप्सुलको सुजन कम गर्न एलोपैथिक चिकित्सा पद्धतिमा NSAID नन स्टेरोइडल एण्टी इन्फ्लामेटरी ड्रग दिइने गरिन्छ तर यो समस्यामा NSAID पनि त्यत्ति प्रभावकारी भएको पाइएको छैन । यसै गरी प्रदह कम गर्नको लागि जोर्नीको बिचमा मिथाइले प्रेडनिसोलोन नाम स्टेरोइडको इन्जेक्सन पनि दिइने गरेको छ तर यस औषधिले पनि केही समयको लागि मात्र काम गर्ने हुँदा यसको उपचारमा दीर्घकालीन प्रभाव पार्न सकेको छैन ।
प्राकृतिक चिकित्सा :
प्राकृतिक चिकित्सामा काँधको जोर्नी जाम हुने समस्याको उपचार गर्नु पर्दा यो रोग कुन चरणमा छ भनेर ठम्याउनुपर्ने हुन्छ । रोगको चरणको यकिन आकलन गरी सके पश्चात् रोगको कारणले उत्पन्न भएका अप्ठ्याराहरुलाई हटाउने प्रयास गरिनुका साथ साथै साइनोभिएक क्याप्सुलको प्रदाहलाई पनि कम गर्नु पर्ने हुन्छ ।
निम्नलिखित प्राकृतिक उपायहरुको प्रयोग गर्ने गरे काँधको जोर्नी जाम हुने समस्याबाट मुक्ति पाउन सकिन्छ ।
१) कोल्ड कम्प्रेस : चिसो , बरफको सेकाइ
काँधको जोर्नी जाम भएर उदपन भएको जोर्नी दुखाइ कम गर्न चिसो बरफको सेकाइको विशेष भूमिका छ । चिसोले सेक्दा काँधको दुखाइ भएको क्षेत्रबाट दुखाइको तरड्ड फैलनबाट रोक्न मद्दत पुयाउँछ ।
कसरी रोक्ने : चिसोको दुखाइ सुरु भएको आरम्भिक दिनमा गर्नु पर्ने हुन्छ । चिसोको सेकाई विशेषतः बरफको मध्यामले सेक्ने गरिन्छ । वरफले सेक्दा कहिले पनि वरफलाई सिधै छाला लगाउनु हुँदैन । यसो हुँदा चिसोले छाला जलाउन सक्छ । यसर्थ बरफलाई सबैभन्दा पहिले प्लाष्टिकको थैलोमा राखेर थैलोको मुख बाध्नु पर्छ अब थैलोलाई कपडामा लपेटेर दुखाइ भएको स्थानमा १०–१५ मिनेट सम्म सेक्नुपर्छ ।
चिसोको सेकाइले विशेषतः प्रदाहलाई कम गर्ने दुखाइलाई कम गर्ने र सुन्निन रोक्ने एवम् कम गर्ने एकै साथ गर्दछ । सेकाई दिनमा २/३ पल्ट गर्दा राम्रो हुन्छ ।
२) तातो सेकाइ (Hot Compression)
काँधको जोर्नी दुखाइ सुरु भएको प्रारम्भिक दिनमा चिसोको सेकाई गरिसके पछि तातोको सेकाई गर्नुपर्ने हुन्छ । तातोको सेकाईले दुखेको ठाउँ वरिपरिका मांशपेशीहरुको अकडनलाई कम गर्दछ ।
तातोको सेकाई विभिन्न तरिकाले गर्न सकिन्छ ।
१) तातो पानीको ब्यागले सेक्ने (Hot Compression)
२) ईटा तताएर सेक्ने ।
३) बालुवा भुटेर सेक्ने ।
४) जडीबुटिको पोटलीले सेक्ने ।
५) ढुङ्गा तताएर सेक्ने ।
६) पात तताएर सेक्ने ।
७) तातो भातले सेक्ने ।
८) भुतभुतेले सेक्ने ।
९) माटो तताएर सेक्ने ।
१०) हाइड्रो कोल्याटर ब्यागले सेक्ने
३) तातो पानीको स्नान :
काँधको जोर्नी जाम भएकाहरुले चिसो पानीले नुहाउनु हुँदैन । आरम्भिक ४/५ दिनसम्म चिसो पानीको प्रयोग गरे पनि त्यसपछि चिसो पानीको प्रयोग छाड्ने ।

डा. हेमराज कोइराला
डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।
प्रतिक्रिया