थपिए १३ संक्रमित, ४४ जना डिस्चार्ज
नेपालखोज
२०७८ चैत २६ गते १६:२३

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५३९ जनाको पीसीआर परीक्षण गर्दा थप १२ जना र १६१६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ जना गरि कुल १३ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा हाल ६३७ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, गत चौबीस घण्टामा थप ४४ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ९ लाख ६५ हजार ९८० पुगेको छ । नेपालमा कोरोना संक्रमण निको हुनेदर ९८ दशमलव ७ प्रतिशत पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया