‘प्रदूषण हटाउन यी थोरै काम तत्काल गर्न सम्भव छ’

प्रदूषण फेरि कहालीलाग्दो अवस्थामा पुगेको छ । यो छिट्टै हट्ने संकेत देखिएको छैन । प्रदूषण विकराल भएको अवस्थामा अल्पकालीन रणनीतिमा सक्रिय तथा सधैं दीर्घकालीन रणनीतिमा क्रियाशील हुनुको विकल्प छैन । प्रदूषण खतरनाक मन्द विष हो । हाम्रा बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घबिरामीलाई प्रदूषणले दिन प्रतिदिन अस्वस्थ बनाइरहेको छ ।
प्रदूषण हटाउन यी थोरै काम तत्काल गर्न सम्भव छ ।
-जोर/बिजोर सवारीसाधन सञ्चालन
-वर्क फ्रम होम
-सातामा २ दिन बिदा
-महिनाको एकपटक ‘भेहिकल होली डे‘ को व्यवस्था
-अनलाइन प्रणालीको भरपुर उपयोग
-पोलिथिनको प्रयोग निषेध
-फोहोरलगायत अन्य वस्तु जलाउन निषेध
-आगालागी गर्नेलाई कडा कारबाही – ट्राफिक प्रहरी सक्रिय भएर शंकास्पद हरेक सवारी साधानको सडकमै प्रदुषण जाँच अनि प्रदुषणमा फेल भएका सवारीसाधनमा जरिवाना
-इँट्टाभट्टालगायत प्रदूषण बढाउने कारखाना स्थानान्तरण
-अभियानका रुपमा सरसफाइ र वृक्षरोपण यो खालको प्रदूषणले
-मुटु र फोक्सोलाई बिरामी बनाउँछ ।
-मुटु र फोक्सोलाई धपेडी गराउँछ ।
-स्वाश्प्रश्वास प्रणालीका कोष नष्ट गर्छ ।
-दम, ब्रोंकाइटिस तथा क्यान्सर गराउँछ ।
-मुटु, फोक्सो तथा मष्तिस्कजन्य दीर्घरोगले मृत्यु गराउँछ ।
-फोक्सोको क्यान्सर हुन्छ ।
-फोक्सो ड्यामेज गराउँछ ।
-मानसिक समस्या निम्त्याउँछ ।
-गर्भवती, सुत्केरी तथा शिशुलाई निकै असर गर्छ ।
– आयु घटाउँछ , आदि !!
के गर्ने ?
सकभर घरभित्र बसौं । बाहिर जाँदा चस्मा, मास्क, लामाबाहुले कपडा, सनस्क्रिन लोसन तथा स्यानिटाइजरको प्रयोग गरौँ ! प्रदुषणबाट बच्न केहि दिन यसो गरौँ :
– बालबालिका, दीर्घबिरामी तथा जेष्ठ नागरिक घरबाहिर नजाने ।
– मर्निंग वाक र इभिनिंग वाक नगर्ने ।
– अत्यावश्यक कामबाहेक घरमै बस्ने ।
– घरबाहिर निस्किँदा चस्मा, लामबाहुले कपडा तथा डबल मास्क लगाउने ।
– आँखा सुख्खा हुन नदिन पानी प्रशस्त र पटकपटक पिउने ।
– आँखा सुख्खा भएमा, बिझाएमा तथा चिलाएमा चिकित्सकको सल्लाह अनुसार Dryness & irritation मा उपयोगी आँखाको औषधि लगाउने ।
– सम्भव भएसम्म सफा पानीले पटकपटक आँखा, नाक तथा मुख सफा गर्ने ।
– बाहिरबाट घरमा आएपछि नुहाउने ।
– छालाको सुरक्षाको लागि मोइस्चराइज प्रयोग गर्ने ।
– चिन्ता, तनाव तथा चिडचिडाहटको व्यवस्थापन गर्ने ।
– भविष्यको लागि घरमा सकेसम्म बोटबिरुवा लगाउने ।
प्रतिक्रिया