सोमबार, असार १६, २०८२

१९ जनामा कोरोना, ४९ जना डिस्चार्ज

नेपालखोज २०७८ चैत ३० गते १७:१०

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३४९ जनाको पीसीआर परीक्षण गर्दा थप १५ जना र १ हजार ३६६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४ जनामा काेराेना भएकाे छ ।

नेपालमा हाल ५२० जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, गत चौबीस घण्टामा थप ४९ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया