४ जनामा कोरोना, ४४ जना डिस्चार्ज
नेपालखोज
२०७९ वैशाख १ गते १७:१३

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २६२ जनाको पीसीआर परीक्षण गर्दा थप ३ जना र १ हजार ८० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ जनामा कोरोना भएको छ ।
नेपालमा हाल ४७९ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, गत चौबीस घण्टामा थप ४४ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् ।
सम्बन्धित
प्रतिक्रिया