सोमबार, असार १६, २०८२

थपिए १२ संक्रमित, ३६ जना डिस्चार्ज

नेपालखोज २०७९ वैशाख ४ गते १६:३४

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट २ हजार ७५० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ११ जना र ७३९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ जना गरि कुल १२ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा हाल जम्मा ३७५ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप ३६ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ९ लाख ६६ हजार ३३९ पुगेको छ ।

नेपालमा कोरोना संक्रमण निको हुनेदर ९८ दशमलव ७ प्रतिशत रहेको छ । त्यस्तै चौबीस घण्टामा देशभरबाट थप ६ हजार ७५८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया