यिनीहरु हुन्छन् पैसाका मामिलामा कन्जुस !

ज्योतिष शास्त्रअनुसार राशिहरुमा ग्रहको विशेष प्रभाव रहन्छ । यही कारणले हरेक राशिको स्वभाव, व्यक्तित्व तथा भविष्य अलग-अलग हुन्छ । कलियुगमा धनलाई विशेष महत्त्व दिइएको छ । शास्त्रमा लक्ष्मीजीलाई धनकी देवी भनिएको छ । मान्यताअनुसार जसले धनको महत्त्व बुझेका छन् उनीहरु खर्च कम र बचत बढी गर्छन् । यिनीहरु खुसी रहन्छन् । भनिन्छ खराब समयमा धन नै असल मित्र हुन्छ ।
केही मानिस पैसा खर्च गर्ने कुरामा उदार हुन्छन् भने केही निकै सोच विचार पुर्याएर खर्च गर्छन् । कसैलाई लग्जरी लाइफ मन पर्छ त कोही साधारण वस्तुकै भरमा आनन्दको जीवन जिउँछन् । अब हेरौं केही यस्ता राशि जसका स्वामीहरु कन्जुस मानिन्छन् ।
मिथुन राशि (Gemini) – ज्योतिषशास्त्रअनुसार १२ राशिमध्ये केही राशिका स्वामीहरु पैसा खर्च गर्ने कुरामा कन्जुस मनिन्छन् । यसमा मिथुन राशि पनि एक हो । मिथुन राशिका मानिसहरु साधारणत: पैसा जोगाउने कुरामा विश्वास गर्छन् । यिनीहरु लगानीमा भर पर्छन् भने साधारण जीवनशैली रुचाउँछन् ।
सिंह राशि (Leo) – सिंह राशि हुनेहरु हत्तपत्त पैसा झिक्दैनन् । कतै खर्च गर्नु परे निकै सोच विचार गर्छन् । यिनीहरु फजुल खर्च मन पराउँदैनन् । यिनीहरु अत्यावश्यक खर्च मात्र गर्छन् । यीनीहरुबाट पैसा निकाल्नु निकै गाह्रो काम हो ।
तुला राशि (Libra) – तुला राशि हुनेहरु धन बचतमा विश्वास गर्छन् । पैसा खर्च गर्ने ठाउँबाट सकेसम्म जोगिन्छन् । यिनीहरुलाई मानिसहरु लोभी नै मान्छन् । पर्याप्त सोच-विचार गरेर मात्र खर्च गर्ने यिनीहरुको बानी हुन्छ ।
कुम्भ राशि (Aquarius) – यो राशिका स्वामीहरु मिहिनेती मानिन्छन् । कडा मिहिनेत गरेर यिनले धन पनि जोड्छन् । यिनीहरु पैसाको उपयोग आवश्यकताका कुराहरुमा मात्र गर्छन् । लगानीमा माहिर कुम्भ राशिका स्वामीहरुसँग राम्रै बैंक ब्यालेन्स हुन्छ । यो राशिका स्वामी शनि देव हुन् र शनिलाई कर्मफलदाता पनि मानिन्छ ।
प्रतिक्रिया