माउसुली !

घरमा माउसुली देखिनु एक सामान्य हो । सामान्य रुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्त्वपूर्ण हिस्सा मान्ने हिन्दुशास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।
शास्त्रमा प्रचलित शास्त्रअनुसार माउसुलीलाई कुनै विशेष समयमा देख्नु, जमिनमा या शरीरमा खस्नु भविष्यका लागि शुभ-अशुभ घटनाको संकेतसँग जोडिएको छ ।
शास्त्रका अनुसार माउसुलीलाई तिहारका बेलामा देखियो भने यसलाई लक्ष्मीको प्रतीक मानिन्छ । जसको अर्थ आगामी वर्षमा घरमा धनसम्पत्तिमा वृद्धि हुनु हो ।
यदि घरको भित्तामा माउसुली देख्नुभयो भने तत्काल मन्दिर या भगवानको मूर्तिनजिक राखिएको अक्षता ल्यार माउसुलीलाई छर्किदिनुस् । छर्कंदै आफ्नो मनोकामना भन्नुस् यसो गर्नाले तपाईंले इच्छाएको वस्तु वा मनोकामना पूरा हुनेछ । माउसुलीको पूजा-अर्चना गर्नाले धनसम्बन्धी समस्याको समस्या हुने धार्मिक मान्यता छ ।
प्रतिक्रिया