सोमबार, वैशाख १५, २०८२

नबिलले ९ महिनामा कमायो ३ अर्ब ३५ करोड

नेपालखोज २०७९ वैशाख ६ गते ११:३४

काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको नौ महिना अर्थात् तेस्रो त्रैमासिक अवधिमा तीन अर्ब ३५ करोड २० लाख ४३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा तीन अर्ब ६७ करोड ९८ लाख ७० हजार रुपैयाँ थियो ।

हाल चुक्ता पुँजी १८ अर्ब ४९ करोड ६१ लाख ८७ हजार रुपैयाँ रहेको बैंकले चालु आवको तेस्रो त्रैमासिक अवधिमा दुई खर्ब ३४ अर्ब २२ करोड ९९ लाख ४८ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई खर्ब २१ अर्ब ९८ करोड ९३ लाख ५६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा ६ अर्ब ५९ करोड दुई लाख ५८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव १४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव ७३ प्रतिशत स्प्रेडदर रहेको बैंकको वितरणयोग्य नाफा भने दुई अर्ब १६ करोड ७५ लाख २१ हजार रुपैयाँ रहेको थियो ।

गत आवको सोही अवधिमा भने बैंकले दुई खर्ब ३३ अर्ब ४७ करोड ४४ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ९८ अर्ब दुई करोड १४ लाख १८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच अर्ब नौ करोड ६९ लाख ६२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ४८ प्रतिशत कर्जा निष्क्रिय थियो । स्प्रेडदर तीन दशमलव २० प्रतिशत थियो ।

प्रतिक्रिया