सोमबार, असार १६, २०८२

थपिए १५ संक्रमित, ३२ जना डिस्चार्ज

नेपालखोज २०७९ वैशाख ८ गते १७:१२

काठमाडौं । नेपालमा चाैबीस घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट २ हजार ८३ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा थप १२ जना र १ हजार ४६४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ जना गरी जम्मा १५ जनामा संक्रमण पुष्टि भएकाे हाे । नेपालमा हाल जम्मा २९८ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप ३२ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ९ लाख ६६ हजार ४५६ पुगेको छ । कोरोना संक्रमण निको हुनेदर ९८ दशमलव ७ प्रतिशत रहेको छ ।

प्रतिक्रिया