मंगलबार, असार १०, २०८२

कुन बैंकले कति कमाए नाफा ? हेर्नुहोस् यस्तो छ अवस्था

ग्लोबल आईएमई, एनआईसी एसिया र नबिल बैंकको नाफा ३ अर्ब नाघ्यो ।

नेपालखोज २०७९ वैशाख ९ गते १४:२५

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ग्लोबल आईएमई बैंक, एनआईसी एसिया बैंक र नबिल बैंकले सबैभन्दा बढी खुद मुनाफा कमाएका छन् । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरूमध्येमा नेपाल बैंकबाहेक सबैले चालु आवको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । जसमध्ये सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकलाई समेत उछिन्दै यी तीनवटा बैंकको खुद मुनाफा तीन अर्ब रुपैयाँभन्दा माथि पुगेको छ ।

चालु आवको तेस्रो त्रैमासमा ग्लोबल आईएमईले तीन अर्ब ७२ करोड ६२ लाख १२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने ग्लोबलको यस्तो नाफा तीन अर्ब ५७ करोड ८२ लाख ६९ हजार रुपैयाँ थियो । यसैगरी एनआईसी एसिया बैंकले पनि चालु आवको तेस्रो त्रैमासमा तीन अर्ब ५० करोड ४५ लाख ९८ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा एनआईसी एसियाको यस्तो नाफा तीन अर्ब ४६ लाख रुपैयाँ रहेको थियो । नबिल बैंकले भने चालु आवको तेस्रो त्रैमासमा तीन अर्ब ३५ करोड २० लाख ४३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा नबिलको यस्तो नाफा तीन अर्ब ६७ करोड ९८ लाख ७० हजार रुपैयाँ रहेको थियो ।

सिटिजन्स बैंक इन्टरनेसनल, नेपाल बंगलादेश बैंक र कृषि विकास बैंकले भने चालु आवको तेस्रो त्रैमासमा क्रमशः एक अर्ब ५८ करोड ९६ लाख ५१ हजार, एक अर्ब ११ करोड ११ लाख ३७ हजार र एक अर्ब ९० करोड ३९ लाख ३७ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरूको यस्तो नाफा क्रमशः एक अर्ब ५४ करोड ५३ लाख ४० हजार, एक अर्ब ४३ करोड ८४ लाख र दुई अर्ब सात करोड ३० लाख रुपैयाँ रहेको थियो ।

कुमारी, हिमालयन र एभरेष्ट बैंकले भने चालु आवको तेस्रो त्रैमासमा क्रमशः एक अर्ब ८० करोड, एक अर्ब ३९ करोड र एक अर्ब ५१ करोड रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरूको यस्तो नाफा क्रमशः एक अर्ब ८० करोड, एक अर्ब २८ करोड र एक अर्ब ५० करोड रुपैयाँ थियो । यसैगरी लक्ष्मी, नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकले चालु आवको तेस्रो त्रैमासमा क्रमशः ८५ करोड ८९ लाख ६७ हजार, दुई अर्ब ४७ करोड ७२ लाख र दुई अर्ब एक करोड ४५ लाख रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यि बैंकहरूको यस्तो नाफा क्रमशः एक अर्ब २८ करोड, दुई अर्ब ८४ करोड र एक अर्ब ९७ करोड रुपैयाँ थियो ।

चालु आवको तेस्रो त्रैमासमा बैंक अफ काठमाडौं, प्राइम कमर्सियल र राष्ट्रिय वाणिज्य बैंकले भने क्रमशः ८७ करोड सात लाख ८१ हजार, दुई अर्ब ७२ करोड र दुई अर्ब ६१ करोड रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरूको यस्तो नाफा क्रमशः एक अर्ब १६ करोड ९३ लाख दुई अर्ब ८१ करोड ७६ लाख एक अर्ब १६ करोड ९३ लाख, दुई अर्ब ८१ करोड ७६ लाख र तीन अर्ब २७ करोड रुपैयाँ रहेको थियो ।

स्टान्र्डड चार्टड बैंक, सिभिल बैंक र सिद्धार्थ बैंकले भने चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा क्रमशः एक अर्ब ६२ करोड ८७ लाख, ९० करोड ४१ लाख र दुई अर्ब आठ करोड ८५ लाख रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरूको यस्तो नाफा क्रमशः एक अर्ब ८३ करोड ३२ लाख, ५० करोड २५ लाख र दुई अर्ब ६ करोड ५२ लाख रुपैयाँ थियो । चालु आवको तेस्रो त्रैमासिक अवधिमा प्रभु बैंक, माछापुच्छ«े बैंक र एनएमबी बैंकले भने क्रमशः एक अर्ब ७५ करोड २९ लाख, एक अर्ब ५५ करोड १७ लाख र दुई अर्ब ६६ करोड ५२ लाख रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरूको यस्तो नाफा क्रमशः दुई अर्ब १० करोड ९६ लाख, एक अर्ब २९ करोड ६ लाख र दुई अर्ब ५१ करोड ६४ लाख रुपैयाँ थियो ।

सानिमा बैंक, एनसीसी बैंक र सेन्चुरी कमर्सियल बैंकले भने चालु आवको तेस्रो त्रैमासिक अवधिमा क्रमशः एक अर्ब ५९ करोड २६ लाख, एक अर्ब ४८ करोड ७७ लाख र एक अर्ब एक करोड ५६ लाख रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा क्रमशः एक अर्ब ८५ करोड ६१ लाख, एक अर्ब १० करोड एक लाख र ३५ करोड ८१ लाख रुपैयाँ थियो ।

नेपाल एसबीआई बैंक र सनराइज बैंकले भने चालु आवको तेस्रो त्रैमासिक अवधिमा क्रमशः एक अर्ब ३० करोड र एक अर्ब २७ करोड ७३ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा यी दुई बैंकहरूको यस्तो नाफा क्रमशः ८७ करोड ८६ लाख ४६ हजार र एक अर्ब १३ करोड रुपैयाँ थियो ।

कुन बैंकले कति कमायो नाफा ? हेर्नुहोस् यस्तो छ अवस्था (रकम रु. हजारमा)

(स्रोत : सम्बन्धित बैंकको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण)

प्रतिक्रिया