मंगलबार, असार १०, २०८२

शनिदेवको राम्रो दृष्टि रहने राशि

नेपालखोज २०७९ वैशाख १० गते ५:००

न्यायका देवता शनि कर्मको ग्रह मानिन्छ । यीनको गलत दृष्टिबाट बच्न मानिसले के के गर्दैनन् । शनिले जहिल्यै पनि मेहनती मानिसको साथ दिन्छन् । शनिको कृपा रहेमा रंकलाई राजा र राजालाई रंक बनाउन सक्छन् । गरिबको सेवा गर्नेमा शनिको राम्रो दृष्टि रहन्छ । योसँगै एउटा जानकारी लिनुहोस कि शनिले केहि राशिमा जहिल्यै न्याय गर्छन् ।

तुला राशिमा शनिको जहिल्यै राम्रो दृष्टि रहन्छ । तुला राशिको विनम्र स्वभाव हुन्छ । यीनिहरु विवादबाट सधैँ टाढा रहन्छन् । तुला राशिका व्यक्ति मेहनती र इमान्दारीले जीवन जिउन मन पराउँछन् । यस्तो भनिन्छ कि यो राशिका व्यक्ति मेहनती र गरिबको सहयता गर्ने हुन्छन् । यस्तै अर्को राशि जसमा शनिको कृपा रहन्छ, कुम्भ राशि । शनिदेव कुम्भ राशिको स्वामी हो । यो राशिका व्यक्तिलाई शनिदेव मेहनतको फल दिन्छन् । उनीहरुको थोरै प्रयत्नले पनि शनिदेव प्रशन्न हुन्छन् । यस्तो मानिन्छ कि कुम्भ राशिका जाति शान्त र कसैलाई धोकाखडी नगर्ने हुन्छन् ।

शनिदेवको अर्को प्रिय राशि मकर हो । शनिदेवले यो राशिका व्यक्तिमा जहिल्यै राम्रो कामको लागि फल दिने गर्छन् । यो राशिका व्यक्तिहरु गम्भीर र सहनशिल हुन्छन् । यी व्यक्तिहरु मनको विपरित केहिपनि गर्दैनन र शनिदेवको साथमा हुन्छन् । यसैगरी व्यक्तिको जीवनमा जन्म बार र राशी ठूलो प्रभाव पारेको हुन्छ । हरेक व्यक्तिको जन्म बार हेरेर नै व्यक्तिको कुण्डली निर्माण गर्ने गरिन्छ । जन्मेको बार र राशीले नै ब्यक्तिको भविष्य बारे बताउने गर्छन् ।

प्रतिक्रिया