सोमबार, वैशाख २९, २०८२

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

नेपालखोज २०७९ वैशाख १० गते ९:५४

राजविराज । हुलाकी सडक खण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका ५ मलेकपुरमा शनिबार दुई मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

हनुमाननगर कंकालिनी नगरपालिका ३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षीय सन्दीप यादव र बुच्चु भनिने २५ वर्षका रञ्जीत यादवको मृत्यु भएको प्रहरी उपरीक्षक अविनारायण काफलले जानकारी दिएका छन् ।

सप्तरीको भारदहबाट पथरगाडातर्फ लागि जन्ती जाँदै गरेको प्रदेश १–०२४१ प २२९६ नम्बरको मोटरसाइकल र प्रदेश १ –०२०४१ प ९५२४ नम्बरको मोटरसाइकल एकापसमा ओभरटेक गर्ने क्रममा ठोकिएका थिए ।

प्रतिक्रिया