शुक्रबार, वैशाख २१, २०८१

नमस्ते ट्रेड लिङ्कले ल्यायो श्रीलंकाको हर्वल उत्पादन

नेपालखोज २०७६ फागुन २४ गते १५:३३

काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनाल र हेमाज म्यानुफ्याक्चरिङका निर्देशक रोय जोसेफले कपालको बालबािलकाहरुका लागि प्रयोग गरिने प्रशिद्ध ब्राण्ड कमारिका र बेबि शेरामी नेपाल विक्रीका लागि संयुक्त रुपमा सार्वजनिक गरेका छन् । शुक्रबार आयोजिन कार्यक्रममा नेपालको आधिकारिक वितरक रहेको नमस्ते ट्रेड लिङ्कले सो उत्पादन सार्वजनिक गर्दै विक्री शुरु गरेको हो ।

७० वर्षदेखि पौराणिक सम्पदा वोकेर विभिन्न क्षेत्रहरु एफएमसिजी, यातायात, स्वास्थ्य सेवा र अन्य क्षेत्रका काम गर्दै आईरहेको हेमाज होल्डिङ श्रीलंकाको प्रसिद्ध कम्पनी हो । हेमाज मेनुफ्याकचरिङ एफएमसिजी क्षेत्रमा नेतृत्व लिएको कम्पनीले गौरव गर्ने उत्पादनहरु बेबीकेयर (साबुन,स्याम्पु, कोलोन, क्रिम, लोसन), ओरल केयर (मन्जन,माउथवास),सकिन केयर (साबुन, लोसन, बडि वास), हेयर केयर (ओइल,स्याम्प,कन्डिसनर सिरम), सगन्ध अत्तर ( DEO  र कोलोन दुबै महिला,पुरुषका लागि_ र स्यानिटरी न्यापकिन्स रहेको बताइएको छ ।

सन् १९६२ मा फ्रान्सेली बहुराष्ट्रिय कम्पनीका सहकार्यमा उत्पादन शुरुवात भएको कम्पनीले जनाएको छ । यस ब्राण्डका उत्पादनहरु कोलोन, कीम, लोसन, स्याम्प , साबन, पाउडर र अन्य बालबालीका उत्पादनहरु समावेश गरेका छन् । बेबी शेरामी आमाहरुका माझ विश्वासीलो ब्राण्डका रुपमा स्थपित भईसकेको र बच्चाहरुको छालाका लागि उपयुक्त हुने कम्पनीको भनाइ छ ।

प्रतिक्रिया