बुधबार, वैशाख १७, २०८२

वैशाख महिना भगवान् विष्णुप्रति समर्पित, सुख र समृद्धिका लागि गर्नुस् यस्ता काम !

नेपालखोज २०७९ वैशाख १६ गते ५:००

हिन्दु धर्ममा हरेक महिना कुनै न कुनै देवतालाई समर्पित गरिन्छ । प्रत्येक महिनाको आ–आफ्नै महत्व छ । हिन्दु पात्रो अनुसार वैशाख महिना सुरु भएको छ ।

यो महिना धेरै विशेष छ। यसै महिनाबाट त्रेतायुग सुरु भएको हो । यो महिनामा भगवान् विष्णुको पूजा–आराधनाको महत्व रहेको जनविश्वास छ । भगवान् विष्णुको माधव स्वरूपको आशीर्वाद प्राप्त गर्न यस महिनामा के के गर्नुपर्छ जानौँ ।

शास्त्र अनुसार वैशाख महिनामा भगवान् विष्णुको आशीर्वाद प्राप्त गर्नका लागि केहि कार्यहरु बताइएको छ । यसो गर्नाले पापबाट मुक्ति मिल्छ र सुख समृद्धि प्राप्त हुन्छ । यो महिनाभर के के गर्ने ?

नदीमा नुहाउने

शास्त्र अनुसार वैशाख महिनामा नदीमा नुहाउनु लाभदायक मानिन्छ । सूर्योदय अघि नदीमा स्नान गर्नुहोस् । यदि तपाईं नदीमा नुहाउन जान सक्नुहुन्न भने, घरमा नुहाउने पानीमा गंगाजल हालेर नुहाउनुहोस् ।

दान गर्नुपर्छ

यस महिनामा दान गर्नाले भगवान् विष्णु र माता लक्ष्मीको कृपा प्राप्त हुन्छ । यसो गर्नाले घरमा धनको कमी हुँदैन । आफ्नो क्षमता अनुसार अन्न, फलफूल, दूध, पैसा, कपडा आदि दान गर्नुहोस्। यस महिनामा भोका र ब्राह्मणलाई भोजन गराउनु शुभ मानिन्छ ।

सूर्यदेवलाई अर्घ्य दिनुहोस्

यस महिनामा सूर्यदेवको पूजा आराधनाको पनि विशेष महत्व रहेको छ । वैशाख महिनामा सूर्यदेवलाई तामाको भाँडोमा जलाएर ‘ओम सूर्याय नमः’ मन्त्र जप गर्दा लाभ हुन्छ ।

भगवान् श्री हरि विष्णुको पूजा

वैशाख महिनामा भगवान् विष्णुको पूजा आराधना विशेष फलदायी हुने शास्त्रमा उल्लेख छ । यो महिनाभर भगवान् विष्णुको पूजा गर्नुहोस् र उहाँलाई तुलसी चढाउनुहोस् ।

तुलसी पूजा

यस महिनामा तुलसीको पुजाले पनि विशेष फल दिन्छ । भगवान् विष्णुलाई तुलसीको दाल बढी प्रिय हुने जनविश्वास रहेकोले बिहान तुलसीलाई जल चढाउँदा र बेलुका घिउको दियो बाल्दा लक्ष्मी र भगवान विष्णुको आशीर्वाद प्राप्त हुने जनविश्वास रहेको छ ।

पिपल पूजा

यस महिनामा पिपल पूजालाई पनि विशेष महत्व दिइएको छ । पिपलको रुखमा सबै देवता र पितृको वास रहेको जनविश्वास छ । त्यसैले उनीहरुको आशीर्वाद पाउनको लागि पीपलको पूजा पनि आवश्यक छ । बिहान पीपलको रुखमा जल चढाउनु र साँझ तोरीको तेलको दियो बाल्दा हरेक मनोकामना पूरा हुन्छ ।

प्रतिक्रिया