सोमबार, असार १६, २०८२

जम्मा ५ जनामा संक्रमण, १७ जना डिस्चार्ज

नेपालखोज २०७९ वैशाख १७ गते १५:१५

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा जम्मा ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट १ हजार ६६ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा थप ४ जना र ११४८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा थप १ जना गरी कुल ५ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा हाल जम्मा २३० जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, चौबीस घण्टामा थप १७ जना कोरोना भाइरस संंक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ९ लाख ६६ हजार ६२९ पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको छ ।

त्यस्तै, चौबीस घण्टामा देशभरबाट थप ७४ हजार ६४६ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया