मंगलबार, वैशाख १८, २०८१

भिभो भी–२३ ई को मूल्य ३ हजार घट्यो

नेपालखोज २०७९ वैशाख २० गते १५:३६

काठमाडौं । विश्वव्यापी अग्रणी स्मार्टफोन ब्राण्ड, भिभोले आज भिभो भी–२३ ई को मूल्य घटाएको घोषणा गरेको छ । यो भी सिरिजको सबैभन्दा लोकप्रिय स्मार्टफोन मध्ये एक हो । भी–२३ ईको ८+१२८ जीबी संस्करण अब आधिकारिक रूपमा रु.४१,९९९ र ८+२५६ जीबी संस्करण रु.४६,९९९ मा उपलब्ध छन् । यी दुवै संस्करणमा रु ३००० ले मूल्य घटेको छ र नयाँ मूल्य मे ०१, २०२२ देखि देशभरका सबै रिटेल स्टोर र इ–कमर्स वेबसाइटहरूमा लागू हुनेछन् ।

भिभो नेपालका सीईओ माइकलले भने, ‘भिभोमा, हामी सधैं हाम्रा प्रयोगकर्ताहरूको आवश्यकताहरू पूरा गर्न लागि परेका छौं । यो मूल्य घटेको घोषणासंगै हामी नेपालको ग्राहकहरूका लागि हाम्रो प्रतिबद्धता पूरा गर्न सक्षम हुनेछौं भन्ने आशा गरेका छौ । भी–२३ ई उद्योगको अग्रणी फ्रन्ट क्यामेरा र नवीन प्रविधिहरूको साथ डिजाइन गरिएको छ, र हामी यस लोकप्रिय उपकरणको मूल्य घटेको घोषणा गर्न पाउँदा उत्साहित छौं जसले प्रयोगकर्ताहरुलाई सुन्दर तथा रचनात्मक तस्वीरहरु खिच्न मद्दत गर्नेछ ।’

हालै बजारमा सार्वजनिक गरिएको भी२३ई मा ५०एमपी अटोफोकस सेल्फीपोट्र्रेट छ । यो स्मार्टफोन मा नवीन प्रविधि, अटोफोकस र एआई एक्सट्रिम नाइटपोट्र्रेट, मल्टी स्टाइल पोट्र्रेट लगायत विभिन्न पोट्र्रेट मोडहरु रहेका छन् । भी–२३ ई को रियर क्यामेरामा ६४ एमपी नाइट क्यामेरा, ८ एमपी सुपर वाइड–एंगल क्यामेरा र २ एमपी म्याक्रो क्यामेराको ट्रिपल क्यामेरा सेटअप छ । सुपर नाइट मोडको साथ क्यामेराले कम प्रकाश अवस्थाहरूमा एआई मल्टिपल फ्रेमहरूको मद्दतले ब्राइटनेस र अँध्यारोलाई सन्तुलनमा राख्दौउत्कृष्ट प्रदर्शन गर्दछ ।

भी२३ई ८जीबी र्यामर १२८जीबी वा २५६ जीबी रोममा उपलब्ध छ । प्रयोगकर्ताले विस्तारित र्याम २.० को साहयताले १२ जीबी बराबरको अनुभव प्राप्त गर्न ८ जीबी र्यामलाई विस्तार गर्न सकिन्छ । यस बाहेक, यस स्मार्टफोन ४०५० एमएएच ब्याट्रीद्वारा संचालित छ जसमा ४४ वाट फ्ल्यसचार्ज छ । भिभो भी–२३ ई मा फनटच ओएस १२ रहेको छ जसमार्फत प्रयोगकर्ताहरूले होम स्क्रिनलाई पूर्णरुपमा कस्टुमाइज्ड गर्न सक्छन् ।

७.४१ एमएम अल्ट्रा स्लिम फ्लोराइट एजी ग्लास डिजाइनले भी–२३ ई लाई आकर्षक लुक र उत्कृष्ट अनुभव प्रदान गर्दछ । स्मार्टफोनको रंगफ्ल्याट फ्रेम डिजाइन, मुनलाइट स्याडो र सनसाइन कोस्ट रङका आधारमा छनोट गरिएको छ ।

प्रतिक्रिया