१५ जनामा कोरोना, १७ जना डिस्चार्ज
नेपालखोज
२०७९ वैशाख २३ गते १६:००

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट थप २ हजार ४५० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १५ जना र १ हजार ३ जनाको एन्टीजेन विधिबाट परीषण गर्दा शून्य जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालमा हाल २१५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, गत चौबीस घण्टा थप १७ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ९ लाख ६६ हजार ७४७ पुगेको छ । कोरोना निको हुनेदर ९८ दशमलव ८ प्रतिशत पुगेको छ ।
त्यस्तै, गत चौबीस घण्टामा देशभरबाट थप ८४ हजार ६२१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया